Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अब के होला ? यसरी एकै पटक तानिँदैछन् देउवा, प्रचण्ड र ज्ञानेन्द्र

\"\"काठमाडाैं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजूरीका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र शाहसमेत बयान तानिने भएका छन् । सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेका दुई आयोगले देउवा, शाह र प्रचण्डलाई समेत बयानका लागि बोलाउने भएको हो । तत्कालीन द्वन्द्वरत पक्षका प्रमुखको हैसियतले दाहाल र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो । शान्ति सझौताको आठ वर्षपछि गठित दुवै आयोगको पटक–पटक म्याद थपिँदा पनि अनुभूति हुनेगरी कुनै काम नभएको पीडितहरूबाट गुनासो आइरहँदा उजुरी परेका जो कोहीसँगको बयान लिने काम तीव्र पार्ने बताइएको छ । दाहाल, देउवा र शाहसंगै १० वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट भएका घटनासम्बन्धमा तत्कालीन प्रधानमन्त्रीहरू, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखविरुद्ध उजुरी परेकाले बयानको लागि बोलाइने मेलमिलाप आयोगले जनाएको छ । युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा २०६० साल भदौ ९ गते पाँचथरको आङसराङ–१ मा तत्कालीन विद्रोही पक्ष माओवादीका निःशस्त्र रहेका नेता तथा कार्यकर्ताले सेल्टर लिएको घरमा घेरा हालेर प्रधानमन्त्री देउवाले ६ जनाको हत्या गर्न लगाएको आरोप उजूरीमा छ । यी घटनालगायत अरु केही घटना देउवाविरुद्ध परेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा भएको दोरम्बा हत्या काण्डमा पीडितले पूर्व राजा ज्ञानेन्द्रलाई कारबाही हुनुपर्ने माग गरेका छन् । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बाबाट माओवादीका १९ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिई सेनाको टोलीले डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगेर सामूहिक हत्या गरेको थियो । युद्ध विरामको बेलामा भएको घटना गराउन निर्देशन दिएको भन्दै कारबाहीको माग भई आएको बताइएको छ । चितवनको माडी घटना(बादरमुढे)का ५७ जना पीडितले सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन विद्रोही पक्षका प्रमुख प्रचण्डलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका छन् । २३ जेठ २०६२ मा चितवनको गोविन्दबस्ती माडीबाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा माओवादीले बम विस्फोट गराउदा ३९ जनाको मृत्यु भएको थियो । ७२ जना घाइते भएका थिए । घाइतेमध्ये थप चार जनाको केही समयपछि मृत्यु भएको थियो । सो घटना र अरु केही उजुरी परेकाले प्रचण्डलार्ई बयानका लागि सत्य निरुपण तथा मेल मिलाप आयोगले बयानमा बोलाउने जनाएको छ । आयोगको ऐन, २०७१ कोे दफा १३ बमोजिमको अधिकार प्रयोग गरी राज्यका विशिष्ट पददेखि सामान्य नागरिकसँग सोधपुछ तथा बयान लिइने छ । मेलमिलाप आयोगले देशभरबाट ६० हजार ३ सय १६ उजुरी संकलन गरेको छ । उजूरीमध्ये ८० प्रतिशत घटना राज्यबाट र २० प्रतिशत विद्रोही पक्षबाट मानवताविरोधी घटना भएको उजुरी आएको बेपत्ता व्यक्ति छानबिन आयोगका प्रवक्ता डा. विष्णु पाठकले जानकारी दिए । उनले उजुरी परेका सबैलाई बयानमा बोलाइने जानकारी दिए । हत्या, अपहरण तथा शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड, आगजनीलगायतका घटनामा उजुरी परेको छ । बेपत्ता छानबिन आयोगका ३ हजार ३३ सय उजुरी परेको छ । तीमध्ये २ सय ७२ उजुरी सशस्त्र द्वन्द्वको समयअघि र पछिका घटनाका छन् । ४ सय १४ उजूरीहरूमा बेपत्तापछि हत्या भएका प्रमाण तथा सूचनासंगै पेश गरेको र शान्ति मन्त्रालयमा मृतकको सूचीमा रहेकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies