Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

देउवाको कारण राष्ट्रिय सभा चुनाव सर्न सक्ने, अायोगले दियो चेतावनी

\"\"काठमाडाैं । प्रदेश प्रमुख नियुक्तिमा थप ढिलाइ भए माघ २४ गतेका लागि निर्धारित राष्ट्रिय सभाको चुनाव सार्नुपर्ने अवस्था आउन सक्ने निर्वाचन आयोगका प्रवक्ताले बताएका छन् । प्रदेश प्रमुखले शपथ दिलाएपछि मात्रै प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभाको चुनावका लागि मतदाता बन्न पाउने कानूनी प्रावधान छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाइसकेको आयोगले प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभामा चुनिएका समानुपातिक सांसदको परिणाम बुझाउन पाएको छैन । राष्ट्रिय सभा निर्वाचनका २०५६ मतदातामा प्रदेश सभाको समानुपातिक र प्रत्यक्ष गरी ५ सय ५० जना छन् । र, प्रदेश प्रमुखले शपथ खुवाएपछि मात्र उनीहरूले कानूनी हैसियत पाउने प्रावधान छ । आयोग अधिकारीहरूका अनुसार प्रदेश प्रमुख नियुक्ति, उनको आफ्नै शपथ ग्रहण र पद सम्हालेर प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण गराउने जस्ता काम कम्तीमा माघ ४ गतेभित्र हुन जरूरी छ । आयोगका प्रवक्ता नवराज ढकालले भने, \"माघ ७ गते आयोगले मतदाता नामावली प्रकाशित गर्न सकिएन भने राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेछ। त्यसैले छिटोभन्दा छिटो प्रदेश प्रमुख नियुक्ति हुन जरुरी छ ।\" आयोगको दबाब तथा प्रदेश प्रमुखको आवश्यकताबारे राष्ट्रपतिको चासो देखाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने भनिएको मन्त्रिपरिषद्को बैठक पटक-पटक सार्दै आएका छन् । आइतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले प्रमुख दलहरूसँगको छलफलपछि प्रदेश प्रमुखबारे निर्णय गर्ने बताएका थिए । कतिपयले राष्ट्रिय सभा कार्यतालिकालाई छोट्याएर माघ २४ गतेको निर्धारित समयमा नै गर्न सकिने बताए पनि तालिका भने हेरफेर गर्न नमिल्ने आयोगले जनाएको छ । त्यसबारे प्रवक्ता ढकाल भन्छन्, \"नामावली सार्वजनिक गर्ने दावी विरोध गर्ने लगायतका सम्पूर्ण निर्वाचन तालिका कानूनी रुपमा नै व्यवस्थित भएका हुन्छन्। कार्यतालिकामा थप समय राखिएको छैन। आवश्यक समय मात्र राखिएको छ ।\" स्थानीय तहका प्रमुख तथा उप-प्रमुख गरी १,५०६ जना राष्ट्रिय सभाका बाँकी मतदाता हुन् । सरकारले ढिलासुस्ती गरिरहे पनि राष्ट्रिय सभामा दर्ता भएका २७ वटा राजनीतिक दलले निर्वाचनको आन्तरिक तयारी गरिरहेको देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies