Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

‘बिपीको हातमा सधैँ किताब, गिरिजा कहिल्यै नपढ्ने’

\"\"प्रसाईं परिवार झापा बिर्तामोडका भए पनि विराटनगरका कोइरालाहरूको संगतमा पुग्दै कांग्रेस राजनीतिमा सक्रिय भए । खानदान राजनीतिक नभए पनि कोइरालाहरूको नेतृत्व स्विकार्दै प्रसाईं परिवारले राजनीतिमा सक्रियता देखाए । यही परिवारका ९६ वर्षीय रामबाबु प्रसाईं (सिके प्रसाईंका दाइ) २०४६ देखि २०४८ सम्म झापा कांग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा रहे । २०४८ र २०५१ को संसदीय निर्वाचनमा पराजित भएका प्रसाईंको संगत कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म भयो । उनले ती नेताका राजनीतिक जीवनदेखि व्यक्तिगत स्वभावबारे अाजकाे नयाँ पत्रिकाका रमेश सापकोटालाई सुनाए । बिपी, गिरिजा र नोना भाउजूलगायत रहेको विराटनगरको कोइराला निवास राजनीति गर्नेहरूका लागि तीर्थजस्तै थियो । जो गए पनि आदरसत्कार र झन्झट नमानी कुराकानी हुन्थ्यो । बिपीका बाबु कृष्णप्रसादले विराटनगरमा विद्यालय खोल्नुभयो । समाजसेवामा लाग्नुभयो । उहाँलाई त्यहाँका मान्छेले पिता भन्थे । राजनीतिको आधार उहाँले नै तयार गर्नुभयो । व्यापार पनि गर्नुहुन्थ्यो । यसै क्रममा मुद्दा लाग्यो । सर्वस्वहरण नै भयो । यसकै बदलामा छोराहरूले पनि राजनीतिलाई निरन्तरता दिए । बिपी हुन्जेल गिरिजा छायामा बिपी हुन्जेल गिरिजाबाबु छायाझैँ हिड्नुभयो । बिपीको परमभक्त हुनुहुन्थ्यो । बिपी परलोक भएपछि गिरिजाबाबुको व्यवहार विचित्रको देखिन थाल्यो । ‘हाम्रो कोइराला परिवारले धेरै ‘स्याक्रिफाइस’ गरेको छ, हाम्रोबाहेक राजनीतिमा ‘स्याक्रिफाइस’ गर्ने परिवार नै छैन’ भन्ने भावना उहाँमा उब्जियो । कांग्रेसमा कोइरालाहरूको मात्र त्याग, तपस्या छ भन्ने गिरिजामा बिपीपछि भोग गर्न पाउनुपर्ने म नै हो भन्ने भावना आयो । जबकि गणेशमान र किसुनजीपछि गिरिजाबाबु तीन नम्बरमा हुनुहुन्थ्यो । तर, बिपीको भाइ र कोइराला भएपछि मैले नै पाउनुपर्छ भन्ने अहम् गिरिजामा देखियो । मान्छेको व्यक्तिगत आकांक्षा हुन्छ, तर तीन नम्बरको मान्छेले एक नम्बर हुन खोज्नु पार्टीका निम्ति कति राम्रो होला ? बिपी हुन्जेल गिरिजामा यस्तो भावना आएको थिएन, तर ०३९ मा बिपी बितेलगत्तैदेखि उहाँमा यस्तो भावना देखियो । गिरिजाको महत्वाकांक्षाले कांग्रेस अस्तव्यस्त तेस्रो व्यक्तिमा यस्तो महत्वाकांक्षा देखिएपछि कांग्रेस बर्बाद भयो । उहाँको महत्वाकांक्षामा घिउ थप्ने पनि धेरै जन्मिए । ‘अब प्रधानमन्त्री, पार्टी सभापति सबै तपाईं नै हो’ भनेर भड्काउने पनि देखिए । नतिजा– गणेशमानजीजस्तो नेताले कांग्रेस छोड्नुपर्‍यो । किसुनजी पनि गिरिजाबाबुकै कारणले अलगजस्तो हुनुभयो । बाहिर भन्ने होइन, तर सभापति र प्रधानमन्त्री दुवै आफूले पाउनुपर्छ भन्ने भावनाबमोजिम काम गरेको देखियो । चुनाव भएर पार्टीले जित्दा आफैँ अग्रसर भएर टिक्नका लागि गुटबन्दी चाहियो, पैसा चाहियो, पार्टीलाई त्यतैतिर लानुभयो । यस्तै व्यवहारले पार्टीमा विखण्डन ल्यायो । प्रधानमन्त्री र सभापति हुनलाई जति धेरै क्षमता बिपी, सुवर्णशमशेर र किसुनजीमामा थियो, गिरिजामा त्यति साह्रो क्षमता थिएन । तर, दुवै पद उहाँलाई चाहिने । यो भनेको गर्न सक्ने क्षमताको कुरा हो । तर, उहाँ यो पदमा पुग्न सक्ने क्षमताका लागि गुटबन्दी गर्ने र पैसा खर्च गर्न सक्ने स्वभावको हुनुहुन्थ्यो । बिपी हुँदादेखि पार्टीमा आफूअनुकूलको संगठन गर्ने, सदस्य बनाउने र कुद्ने गिरिजा नै हुनुहुन्थ्यो । ०४८ को आमचुनावमा गणेशमानजी उठ्दै उठ्नुभएन । किसुनजी र गिरिजाबाबु उठ्नुभयो । तर, किसुनजीलाई हराउनमा गिरिजा गुट लाग्यो । प्रधानमन्त्री भएर ०४७ को संविधान बनाएपछि जितेको भए फेरि प्रधानमन्त्री किसुजी नै हुनुहुन्थ्यो । जसरी पनि हराउने कोसिसका कारण ६–७ सय भोटले मदन भण्डारीसँग उहाँ हार्नुभएको हो । पछि, किसुनजीलाई हराउन र विद्या भण्डारीलाई जिताउन प्रधानमन्त्री भएकैै वेला गिरिजाबाबुले सबै शक्ति प्रयोग गर्नुभयो । ०५६ को निर्वाचनमा किसुनजी भावी प्रधानमन्त्री भन्दै होमिएपछि कांग्रेसको बहुमत आयो । किसुनजीलाई भावी प्रधानमन्त्री नभनेको भए कांग्रेसले जित्ने थिएन । पार्टीबाट उहाँ प्रधानमन्त्री पनि बन्नुभयो, तर विडम्बना एक वर्ष पनि टिक्न नदिई गिरिजाबाबुले नै उहाँलाई प्रधानमन्त्रीबाट हटाउनुभयो । बिपीको पालामा पनि थियो गुटबन्दी गुटबन्दी बिपीको पालामा पनि थियो । तर, त्यत्ति बलियो थिएन । तर, अहिले आ–आफ्नो शक्ति हडप्न र एकताको अभावमा गुटबन्दीको रोग देखिएको छ । पहिलोदेखि तीन चार तहसम्मका नेतालाई शक्ति हडप्ने ध्याउन्न हुन्छ । पहिलोपल्ट मै बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । दोस्रोपल्ट अर्को भइसक्यो, अब मेरै पालो हो भन्ने भावना हुन्छ । तर, नपाउने अवस्था आएपछि गुटबन्दीले प्रश्रय पाउँछ । दाजुभाइ, परिवारमाथि नचाहिँदो र निहित स्वार्थ भएपछि अप्ठ्यारो हुन्छ । कांग्रेसलाई यही गुटबन्दीले घेरेको छ, खाएको छ । जब कांग्रेसले एजेन्डा फेर्‍यो ००३ देखि ०६२ मा महाधिवेशन नहुँदासम्म कांग्रेसको एजेन्डा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने थियो । समाजवाद अलि पछि थपियो । राष्ट्रियताभित्रै राजसंस्था थियो । राजसंस्था नरहे हाम्रो राष्ट्रियता रहँदैन भन्ने कांग्रेसको मान्यता थियो । काठमाडौंमा महाधिवेशन हुँदासम्म माओवादीले गिरिजालाई फकाउन सके । खेल्न पाए । गिरिजाबाबुलाई अब पहिलो राष्ट्रपति बनाउँछौँ भने । तपाईं हाम्रो पनि नेता हो भनेर फकाउँदा उहाँ फकिनुभयो । यो हाम्रो दाबी होइन, व्यवहारले देखिएको कुरा हो । पछि, माओवादीले राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई उठाए । पहिलो राष्ट्रपति बन्छु भन्ने लोभले वर्षौंदेखि मानेर आएको राजसंस्थाबाट गणतन्त्रमा जान गिरिजा तयार हुनुभएको देखिन्छ । ज्ञानेन्द्रसँग केही कुरामा असझदारी थियो, तर उनीसँग कुरा मिलेन भन्दैमा राजसंस्था नै हटाउन उहाँ तयार हुनुभयो । स्कुलमा हेडमास्टरले नराम्रो काम गर्दा उनलाई हटाउने नभई स्कुल नै भताभुंग पार्नेजस्तै काम हुन पुग्यो । गिरिजाबाबुले यस्तै गर्नुभयो । ज्ञानेन्द्रले शाहले संविधान मिचे पछि, समझदारीबाट होइन, खेलभित्रबाट डा. रामवरण यादव राष्ट्रपति बन्नुभयो । गिरिजाबाबुले कहिलेकाहीँ बेबी किङको पनि कुरा गर्नुहुन्थ्यो, तर राजसंस्था हटाएर गल्ती गरिएछ भन्नेचाँहि देखाउनुभएन । ज्ञानेन्द्र नमान्ने तर, उनका नातिलाईचाहिँ मान्न खोजेकोजस्तो उहाँले देखाउनुभयो । गिरिजाले राम्रो काम गर्नुभएन र ज्ञानेन्द्रले आफ्नो शक्ति बढाउने मौका पाए । मौका पाउँदा गिरिजा पछि पर्नुभयो, यसले पनि उहाँमा रिस देखिन पुग्यो । महत्वाकांक्षा कहिलेकाहीँ राम्रो पनि हुन्छ, तर ज्ञानेन्द्र नाजायज महत्वाकांक्षाको सिकार भए । असोज १८ साधारण किन पनि हो भन्दा संविधानको व्यवस्था अनुसार नै धारा १२७ अनुसार ज्ञानेन्द्रले अध्यक्षता लिएका थिए । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई केही महिना प्रधानमन्त्री बनाए । केही महिना फेरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । फेरि १९ माघ २०६१ मा ज्ञानेन्द्र आफैँ अध्यक्ष भए । यसरी प्रधानमन्त्री बनाउन सक्ने प्रावधान ०४७ को संविधानमा नभए पनि अध्यक्षता लिएर ज्ञानेन्द्रले सोझै संविधान मिचे । आफैँले भ्वाङ पार्दा राजतन्त्र नै उड्यो । बिपी पढ्ने, गिरिजा नपढ्ने दाजुभाइ भए पनि बिपी र गिरिजाबाबुमा आकाश–पातालको फरक थियो । अध्ययनले राजनीतिमा धेरै महत्व राख्छ । गिरिजाबाबुले धेरै पढ्न पनि पाउनुभएन । मलाई थाहा भएसम्म उहाँ म्याट्रिक मात्र हो । म्याट्रिक पास गरेर गिरिजाबाबु र म भारतबाट आयौँ । हामी त्रिचन्द्र कलेजमा आइएस्सीमा भर्ना भयौँ । चार–पाँच महिनापछि उहाँले बीचमै पढाइ छाडिदिनुभयो । तर, पछि पनि मानिसले अध्ययन गर्छ । एकेडेमिक अध्ययन नगरे पनि अरू अध्ययन गर्न सकिन्छ । तर, फिल्डमा सक्रिय हुनुपरेको हुनाले गिरिजाबाबुको बाहिरी अध्ययन गर्ने स्वभाव पनि भएन । समय नै पाउनुभएन । गाडी र रेलमा हिँड्दा पनि बिपीसँग दुई–चारवटा किताब कहिल्यै टुट्दैन थिए । तर, गिरिजाबाबुको स्वभाव भने पत्रपत्रिका पढ्ने, किताब पढ्ने नै भएन/थिएन । बिपी एउटा पत्रिका लिनुभयो भने त्यसको शीर्षक हेर्दैमा भित्र के छ भनेर अनुमान लगाइसक्नुहुन्थ्यो । तर, किताब, अखबार पढ्नेभन्दा साथीभाइसँग धेरै गफ गर्न गिरिजाबाबु मन पराउनुहुन्थ्यो । साथीभाइले लाने कुरा र बुझ्नैपर्ने भएपछि उनीहरूबाट कुरा बुझ्ने शैली गिरिजाको थियो । समयको दबाबभन्दा पनि मान्छेहरूको अभिरुचि बेग्लाबेग्लै हुने भएकाले बिपी र गिरिजामा यस्तो फरक देखिएको हो । त्यागको हिसाबले त गिरिजाबबुलाई पनि लिनुपर्छ । १०/१२ वर्षको उमेरदेखि राजनीतिमा लाग्दा उहाँले धेरै पढ्न पनि सक्नुभएन । काममा गल्ती भए होलान्, बेग्लै कुरा हुन् । तर, निरन्तर दुःख झेलेर पनि पार्टीमा निरन्तर लाग्नु उहाँको राम्रो पक्ष थियो । उहाँको एउटै गुण निरन्तरता हो । दुःखको बाटोमा गणेशमान र सुवर्णशमशेर सुवर्णशमशेर अध्ययनशील, इमानदार र बफादार हुनुहुन्थ्यो । गणेशमान आफ्नो कुरा नछाड्ने भएर ‘आइरनम्यान’ नामले चर्चित हुनुहुन्थ्यो । बडाकाजीको नाति जसलाई लाउन, खान दुःख थिएन । सम्पन्न परिवार हुँदाहुँदै पनि प्रजातन्त्रका लागि दुवैजना लागे । सम्पन्न हुँदाहुँदै पनि जेल जानुपर्ने, दुःख पाउनुपर्ने बाटो यी दुई नेताले रोजे । उहाँहरूलाई बिपीको बाबुलाई दुःख दिने सरकारविरुद्ध लड्छु भन्ने लागेको होला । तर, सम्पन्न र आरामसँग बस्न पाइने र आरामशैली जीवनशैली जिउन सक्ने हुँदाहुँदै जेल जानुपर्ने दुःखको राजनीतिमा सुवर्ण र गणेशमान होमिनुभयो । प्रजातन्त्रप्रति आस्था भएकाले नै यसरी दुःखको बाटो रोज्दै, दुःख भोग्नुभयो । किसुनजी त्यागी र सिद्धान्तवादी किसुनजी त्यागी र सिद्धान्तवादी नेताका रूपमा कहलिनुभयो । उहाँ पदमा हुँदा र नहुँदाको सरल जीवनशैलीले यही देखाउँछ । १ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले कुनै कसुरविना बिपी, गणेशमान र किसुनजीलाई जेल हाले । बिपी प्रधानमन्त्री, किसुनजी सभामुख, गणेशमान र सूर्यनाथ उपाध्याय मन्त्री हुनुहुन्थ्यो । तर, उहाँहरू विनाकसुर ८ वर्ष सुन्दरीजल जेलमा बस्नुपर्‍यो । यता, सुवर्णशमशेर कांग्रेस सभापति हुनुहुन्थ्यो । उहाँले राजा र प्रजा मिलेर काम गर्नुपर्छ भन्ने वक्तव्य निकाल्नुभयो । आठ वर्ष जेल बसेपछि बिपी, गणेशमान, उपाध्याय छुट्नुभयो । तर, सभामुख किसुनजी छुट्नुभएन । किनभने, जेल परेदेखि नै किसुनजीले सभामुख हुनुभन्दा अगाडि मात्र म कांग्रेस थिएँ, सभामुख हुँदा स्वतन्त्र हुँ र मलाई जेलमा राख्न पाइँदैन भन्ने अडान राख्नुभएको थियो । तर, आफ्नो अडानमा दृढ उहाँलाई ०२५ मा बिपीहरूसँगै जेलबाट छाडिएन । थप एक वर्ष राखेपछि मात्रै छोडियो । मलाई पञ्चायतले त्यत्तिकै थुन्यो, थुन्नै हुने थिएन भन्ने अडान राखेकैले उहाँलाई थप एक वर्ष बढी जेलमा राखिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies