Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अमेरिकाले लगायाे फेरि चार जनालार्इ प्रतिबन्ध

\"\"मानव अधिकार उल्लङ्घन अथवा भ्रष्टाचार गरेको आरोपमा अमेरिकाले भेनेजुएलाका चारजना बहालवाला वा अवकाश प्राप्त जेनरलमाथि प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएकाहरूमा खाद्यपदार्थ वितरण सञ्जालका पूर्वप्रमुख पनि छन् । उनीमाथि खाद्यपदार्थ तस्करीको आरोप लगाइएको छ । चारैजनाको सम्पत्ति रोक्का गरिएको छ र उनीहरूसँग काम गर्न अमेरिकी उद्योग-व्यवसायलाई प्रतिबन्ध लगाइएको छ । हालसम्म राष्ट्रपति निकोलास मडुरोसहित ४४ जनामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । भेनेजुएलाका विदेशमन्त्री खोर्खे अर्यासाले साम्राज्यवादी र युद्ध चिताउने अमेरिकी सरकारका फौजहरूसामु आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन् । उनले भने, \"हाम्रो सेना विदेशी शक्तिसामु अझ साम्राज्यवादी र युद्ध चिताउने डोनल्ड ट्रम्पको सर्वोच्चतावादी सरकारको फौजसामु कहिल्यै झुक्ने छैन । हामी सम्मान चाहन्छौँ ।\" अमेरिकी अर्थमन्त्री स्टिभन मनूसीनले प्रतिबन्ध उचित भएको भन्दै \'राष्ट्रपति मडुरोले र उनका निकटवर्तीहरूले आफ्ना स्वार्थलाई भेनेजुएलाका जनताका स्वार्थभन्दा माथि राखेका छन्\' । अमेरिकी अर्थ मन्त्रालयले आरागुआ राज्यका गभर्नर तथा सेनाका अवकाश प्राप्त जेनरलमाथि खाद्यपदार्थको तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । दुई वर्षअघि खाद्यपदार्थको अभावले दङ्गा निम्त्याएपछि राष्ट्रपति मडुरोले वितरणको जिम्मेवारी सेनालाई दिएका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार खाद्यपदार्थको ठेक्का पाउन र बन्दरगाहरूबाट ओसार्ने कामका लागि सेनाले जेनरलहरूलाई घुस खुवाएको थियो । विपक्षी नेतृत्वको कंग्रेसले जेनरलमाथि औँला तेर्स्यायो र सार्वजनिक रूपमा उनको आलोचना गर्‍यो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending