Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डोनाल्ड ट्रम्प सम्बन्धी विवादास्पद पुस्तक समय अगावै सार्वजनिक हुने

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी विवादास्पद पुस्तकका लेखकले समय अगावै उक्त पुस्तक सार्वजनिक हुने बताएका छन् ।

ट्रम्पका वकिलहरुले उक्त पुस्तकमाथि रोक लगाउने प्रयास गरेपछि उनले यस्तो बताएका हुन् । माइकल उल्फले लेखेको \'फायर एण्ड फ्युरी\' नामक पुस्तक तोकिएको मितिभन्दा चार दिनअघि शुक्रवार सार्वजनिक हुने भएको छ । लेखकले ट्वीटमार्फत पुस्तक सार्वजनिक गर्ने निर्णय घोषणा गर्दै लेखेका छन्, \'भोलि किताब किन्न सकिनेछ । धन्यवाद राष्ट्रपति ।\' ट्रम्पका वकिलहरुले उक्त पुस्तकमा थुप्रै गलत विवरणहरु रहेको बताएका छन् । पुस्तकमा ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय चुनाव अघि रुसी समूहसँगको भेटलाई \'देशद्रोह\' भन्दै व्याख्या गरिएको छ । उक्त पुस्तकमा राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्प आफैँ चकित परेको पनि उल्लेख गरिएको छ । ह्वाइट हाउसले पुस्तकको सत्यताबारे प्रश्न उठाएको छ । गत अगष्टमा पदबाट बर्खास्त गरिएका ब्याननले मानसिक सन्तुलन गुमाएको भन्दै ट्रम्पले टिप्पणी गरेका छन् । यसअघि ट्रम्पका वकिलले उल्फले कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएका थिए । जन सोपेल भन्छन्, \"यदी यो पुस्तकको आधा मात्रै विषयहरु सत्य भए, त्यसले राष्ट्रपति र अस्तव्यस्त ह्वाइट हाउसको नराम्रो तस्वीर बाहिर ल्याउने छ । ट्रम्प एकदमै रिसाएकामा कुनै आश्चर्य छैन ।\" वासिङ्टन पोस्टले प्रकाशित गरेको सूचनामा, लेखक र प्रकाशकले थप प्रकाशन र वितरण तत्काल रोक्नुपर्ने उल्लेख छ । उक्त सूचनामा, उल्फले पुस्तकमा ट्रम्पबारे थुप्रै गलत र आधारहीन विवरणहरु समेटेको आरोप लगाइएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending