Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

विप्लव, वैद्य र नयाँ शक्तिमा नयाँ धक्का, अखिल(क्रान्तिकारी) र नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन विच एकता

\"\"काठमाडौं । नेकपा  माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन विच एकता भएको छ । वि.स.२००७ साल असार १७ गते स्थापित ने.रा.वि.फे. नेपालकै पहिलो र जेठो विद्यार्थी संगठन मानिन्छ । आज प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता घोषणा कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र फेडरेसनका संयोजक दिपक जोशीले एकता विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरी एकता भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। नेराविफे कै झण्डामुनी वि.स.२००८ कार्तिक २० गते दिल्ली सम्झौता विरोधी आन्दोलनका क्रममा चिनियाकाजी श्रेष्ठको हत्या भएको एकता विज्ञप्तिमा जनाइएको छ। \'यो एकताले अखिल(क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनवाट पारित समाजवादी शिक्षा प्राप्तिको कार्यदिशालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं।\'- जारी एकता विज्ञप्तिमा भनिएको छ। विप्लव , नयाँ शक्ति र वैद्यवाट पनि विद्रोह यसैगरी सोही एकता कार्यक्रममा विप्लव निकटको अखिल(क्रान्तिकारी)का सचिव रामवहादुर वि.क. र कोषाध्यक्ष आस्था घिमिरे सहितको समूह अखिल(क्रान्तिकारी)मा समाहित भएको छ। त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशी सहितको समूह अखिल (क्रान्तिकारी)मा समाहित भएको छ। सोही कार्यक्रममा वैद्य निकट अखिल(क्रान्तिकारी)का ६ नं.प्रदेशका संयोजक जगदीश शाही सहितको टोली पनि क्रान्तिकारीमा समाहित भएको थियोे । एकता घोषणा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का सचिवालय सदस्य एवं क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने, पिविएम द्वय रमेश मल्ल र पदमराज जोशीको सहभागिता रहेको थियोे।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: