Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

‘तमु ल्होसार’ पर्व आज बाट सुरु, टुँडिखेलमा विशेष कार्यक्रमकाे अायाेजना

\"\" काठमाडौं । गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व आज बाट सुरु भएको छ । उनिहरुले आज  भव्यरुपमा यो पर्व मनाउँदै छन् ।पुरानो वर्गलाई बिदाइ गरी आजदेखि नयाँ वर्गको स्वागत गरिने भन्दै नयाँ वर्ष आजबाट सुरु भएको उपलक्ष्यमा काठमाडौमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् । आज १० बजे काठमाडौका विभिन्न ठाँउबाट ¥यालि निकालिने, बसन्तपुर, न्यूरोड, सहिदगेट हुदै सभास्थल प्रवेश गरिने समुदायले बताएकाे छ । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अगुवा तथा पत्रकार बताउछन् । ‘तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाउने गरिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङको भनाई छ । यो पर्व सूर्यको किरणसँग सम्बन्धित भएकाले गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको समुदायकाे भनाई छ। पछि तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा पनि सूर्यको किरणसँग सम्बन्धित भएकाले यो पर्व मनाइने गरिएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जानकारकाे भनाई छ । समुदायको संघर्ष पछि पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।तर संयोगले भने यो वर्ष शनिबार उत्सव परेको छ । संवन्धित क्षेत्रका पत्रकार र जानकारका अनुसार पहिले यो पर्व तमु ल्होछार भनेर मनाउने गरिएको र अहिले ल्होसार भनेर मनाउदा काटमाडाैमा विवाद नभए पनि उपत्यका वाहिरका कतिपय स्थानमा विवादित बनेकाे भनाइ छ । तमु भाषामा ल्हो को अर्थ वर्ग र छारको अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले तमू समुदायले ल्होछार भनेर मनाउने गर्दछन । तर, कतिपय स्थानमा ल्हो को अर्थ वर्ग र सारको अर्थ फेरिनु भएकाले ल्होसार भनेर पनि मनाउने गर्दछन । दुई वर्षअघिसम्म काठमाडौंको टुँडिखेलमा ल्होछार भनेर मनाउने गरिएको यो पर्व पछिल्लो समय ल्होसार भनेर मनाउँदै आएको छ । शाव्दिक रुपमा ल्होछार र ल्होसारमा विवाद रहँदै आए पनि यसको अर्थ एउटै भएकाले विवाद नभएको जानकार वताउछन् । भाषिक रुपमा फरक फरक पर्ने भएकाले यस्तो हुन गएको विज्ञहरुको भनाई छ । काठमाडौंमा एकै ठाउँमा ल्होछार/ल्होसार मनाउने गरिएकाले पनि यसलाई मिलाएर अघि बढ्नुपर्ने कतिपयको मत छ । यो उत्सवको अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रमकाे अायाेजना गरिएकाे र साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत प्रमुख राजनैतिक दलका नेताको सहभागिता रहने ल्होसार मूल आयोजक समितिले जनाएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending