Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

राष्ट्रियसभा गठनः राजनीतिक दललाई कानूनविद्को यस्तो सुझाव

\"\"काठमाडौं । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा जे जस्तो आए पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको र संविधान कार्यान्वयनकै चरणमा रहेको अवस्थामा प्रमुख दलहरुबीच सहमति कायम गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले भने, “दलहरुबीच सहमति हुन सकेन भने संविधान कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्छ, त्यसो हुन दिनुहुन्न, संविधान कार्यान्वयनमा अघि बढ्दा संविधान, विधि र प्रक्रियाबाट सहमति खाजिनुपर्छ ।” वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले मुलुकमा देखिएको राजनीतिक र संवैधानिक संकटको निकासका लागि राष्ट्रपतिबाट राष्ट्रियसभासम्बन्धी विधेयक स्वीकृत र प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने, “संविधान कार्यान्वयन भनेको स्विच थिच्नेबित्तिक्कै बत्ती पिलिक्क बलेजस्तो विषय नभई चरणबद्धरुपमा हुने प्रक्रिया हो, नयाँ अभ्यास गर्दा अलमलमा पर्नु स्वाभाविक कुरा हो, राष्ट्रपतिले विधेयक अड्काउनुहुँदैन, प्रधानमन्त्रीले पनि मार्ग प्रशस्त गर्नुपर्छ । अधिवक्ता रेवतीरमण भण्डारीले मुलुकको अहिलेको सन्दर्भ र चुनौती भनेको संविधान कार्यान्वयन नै भएकाले राष्ट्रियसभाको विषयलाई विवादको घेरामा ल्याएर मुख्य एजेण्डालाई ओझेलमा पार्ने काम कुनै पक्षबाट पनि हुन नहुने बताए । उनले भने,“असल संस्कार र शैली स्थापित गरेर अघि बढ्नुपर्छ, विधि र प्रक्रियाका आधारमा चुनौतीलाई निकास दिनुपर्छ । व्यवस्थापिका–ससद् सचिवालयका सचिव हिमलाल सुवेदीले मुलुकका विकराल समस्यालाई अत्यन्त सुझबुझका साथ सहजरुपमा अवतरण गराउन सफल नेपालका राजनीतिक दलले अहिले देखिएका सामान्य प्रक्रियागत अड्चनलाई केहीदिनभित्रै टुङ्ग्याउने विश्वास व्यक्त गरे। सो अवसरमा पत्रकार हरिबहादुर थापाले ‘निष्कर्षतिर राजनीतिक संक्रमण र शान्ति प्रक्रिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहको खर्च व्यवस्थापन प्रणाली चुस्त बनाउन, सानो आकारको मन्त्रिमण्डल गठन गर्न, जथाभावी स्रोत छर्ने प्रवृत्ति रोक्न, मितव्ययी प्रशासन बनाउन, अनुत्पादक कार्यक्रम रोक्न तथा दोहोरो करको व्यवस्था अन्त्य गर्न सुझाव दिए । संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्यले विगतमा राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्नाले शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको विषय प्रभावित भएको टिप्पणी गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending