Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

राष्ट्रियसभा विवादः एकल संक्रमणीयमा सहमतिको संकेत

\"\"काठमाडौं । कांग्रेस–एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट सहमतिको खोजीमा लागेका हुन् । राष्ट्रियसभामा कांग्रेसको स्थानलाई पनि सुरक्षित राख्ने गरी सहमति खोजीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । गृहजिल्ला चितवनमा रहेका दाहालले आइतबार बिहान एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरी राष्ट्रियसभा निर्वाचन विवादलाई अब धेरै दिन लम्ब्याउन नहुने भन्दै राष्ट्रियसभामा प्रतिपक्ष पनि चाहिने र कांग्रेसलाई सुरक्षित हुन सक्ने गरी लचकता प्रदर्शन गरेरै भए पनि जानुपर्ने बताएको जनाएका छन् । ‘प्रतिपक्ष पनि सशक्त रहे मात्र राष्ट्रियसभा प्रभावकारी हुन्छ । त्यसो हुँदा त्यहाँ कांग्रेस भएन भने अप्ठ्यारो हुन्छ कि भनेर मैले ओलीजीलाई सोचौं भनेको छु’, दाहालले चितवनको एक कार्यक्रममा भने, ‘अब यो विषयमा विवाद गरिरहनु हँुदैन, हल हामीले निकाल्नै पर्छ ।’ त्यसो त दाहालले शनिबार बेलुकी पनि एमाले अध्यक्ष ओलीसँग टोलिफोन वार्ता गरेका थिए । आइतबारको टोलिफोन वार्ता भने आधा घन्टाभन्दा लामो समय भएको थियो । दुई दिन चितवनमै कार्यक्रम बनाएका दाहालले ओलीलाई आफू तुरुन्तै काठमाडौं आउनुपर्ने भए पनि आउने तर समस्याको समाधान खोज्नुपर्ने बताएका थिए । जवाफमा ओलीले आफ्नो कार्यक्रम सकेर काठमाडौं आउँदा हुन्छ भनेर दाहाललाई भनेका थिए । माओवादीले अब यो विवादलाई धेरै लम्ब्याउन चाहिरहेको छैन । संसद्मा प्रतिनिधित्व गर्ने ५ दलमध्ये तीन दल  कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एकल संक्रमणीय, एमाले बहुमतीय र माओवादी यो विषयमा मौन बस्दै आएको छ । बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा निर्वाचन भए एमाले-माओवादी गठबन्धन हाबी हुने र कांग्रेससहित अन्य लोकतान्त्रिक गठबन्धनलाई घाटा पुग्ने देखिएपछि कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्रै सरकार छाड्ने सर्त राखेको छ । एकल संक्रमणीय प्रणालीमा राष्ट्रियसभा गठन हुँदा एमाले २६, माओवादी १२, कांग्रेस १२ देखि १४, संघीय समाजवादी र राजपाले दुई–दुई जना प्रतिनिधित्व पाउनेछन् । तर, बहुमतीय प्रणालीमा जाँदा एमाले–माओवादी गठबन्धनले ४८ र कांग्रेससहित फोरम र राजपाको गठबन्धन निर्माण भए ८ जना प्रतिनिधित्व हुने देखिन्छ । यो कुल ५६ सदस्यको परिणाम हो । ५९ सदस्यीय राष्ट्रियसभामा थप तीन जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था संविधानमा छ । एकल संक्रमणीयमा जाँदा राष्ट्रियसभामा झन्डै आठ जना सांसद बढी पठाउन सकिने देखेपछि कांग्रेसले अहिले राष्ट्रियसभा गठन एकल संक्रमणीय प्रणालीका आधारमा गर्न चाहेको छ । कांग्रेसले उक्त अडान छाड्ने कुनै संकेत नगरेपछि माओवादीले बीचको बाटो खोज्न आफ्नै गठबन्धन दलका अध्यक्ष ओलीसँग आग्रह गरेको हो । ‘राष्ट्रियसभा विवाद अब हल हुन्छ, ओलीजी र मेरा बीचमा लामै छलफल भएको छ । हल निकाल्ने विकल्पबारे हामीले छलफल गरेका छौं’, चितवनमा दाहालले भने । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐनको मस्यौदा सुरुमा निर्वाचन आयोगले बनाएको थियो । ड्राफ्ट बनाउने बेला बहुमतीय प्रक्रियामार्फत गठन गर्ने गरी बनेको थियो । त्यसबेला प्रधानमन्त्री थिए, माओवादी अध्यक्ष दाहाल । कांग्रेससमेत सम्मिलित त्यसबेलाको मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा बहुमतीय प्रणालीमार्फत राष्ट्रियसभा गठन हुने गरी विधेयक बनाउन स्वीकृत गरेर संसद्मा पठाएको थियो । त्यसलाई व्यवस्थापिका संसद्अन्तर्गत राज्यव्यवस्था समितिले समेत सर्वसम्मत पारित गरेको थियो । तर, स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामपछि दलबीच यो विषयमा विमति देखिएर संशोधन प्रस्ताव आई एकल संक्रमणीय प्रणालीको विषय पेचिलो रूपमा उठ्न थाल्यो । जसकारण विवाद बल्झिएर व्यवस्थापिकाले बनाउनुपर्ने महत्वपूर्ण कानुन निर्माण गर्न सकेन । संसद्को आयु सकिएपछि सरकारले मुख्य दल एमाले र माओवादीसँग छलफलसमेत नगरी एकल संक्रमणीय प्रणालीका आधारमा राष्ट्रियसभा गठन हुने गरी अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । एकल संक्रमणीय प्रणाली अवलम्बन गर्ने विषयमा ०४८ को जस्तो संविधानमै व्यवस्था अहिले छैन । प्रतिनिधिसभा, प्रदेशसभा र गाउँपालिका, नगरपालिकाका अध्यक्ष, उपाध्यक्षको मतभार फरक हुने व्यवस्था अहिले भएका कारण एकल संक्रमणीय प्रणालीमा जाँदा जटिलता आउने र तीन जना ९महिला, दलित, अपांग र पिछडिएको क्षेत्र० को सदस्य निर्वाचित गर्दा भने समस्या आउने देखिन्छ । तर, यो विषयको सम्बोधन नगरी एकलमा जान पनि दललाई समस्या देखिन्छ । ‘अध्यादेशको व्यवस्थापन कसरी गर्ने, निर्वाचन विधि कसरी बनाउने भन्ने विषयमा पहिले दलहरू बसेर छलफल गरेपछि न समस्याको समाधान निस्कन्छ’, माओवादी केन्द्रका सचिवालय सदस्य शक्तिबहादुर बस्नेतले भने, ‘सबै विषयमा खुला भएर छलफल भएपछि मात्र समस्याको समाधान निस्कन्छ । त्यसका लागि छलफलमा बस्नुपर्छ ।’ अबको बाटो के ? मुख्य दल कांग्रेस(एमालेबीच राष्ट्रियसभा गठन कसरी हुने भन्ने विवाद मिलाउन विभिन्न विकल्पमा छलफल चलेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलाएका छन् । सहमतिको मिलनबिन्दुको खोजीका लागि वाम गठबन्धन दल एमाले(माओवादीभित्रै पनि विकल्पमा छलफल चलेको छ । निर्वाचनबाट जितेर आएको एमाले र प्रतिपक्षी बेन्चमा बस्न लागेको कांग्रेसले पनि जितेको देखाउने गरी दुवैको ‘वीन(वीन’ अवस्था निकाल्ने गरी मध्यमार्गी प्रस्तावमा छलफल चलेको माओवादी स्रोतको भनाइ छ । त्यसैमध्येको एउटा विकल्प हो, ‘राष्ट्रपतिकहाँ अहिले रहेको अध्यादेश सरकारले फिर्ता लिने, एकल संक्रमणीय प्रणालीमै जाने तर त्यसभन्दा अगाडि एकल संक्रमणीयमा जाँदा आउन सक्ने अप्ठ्यारा विषयमा दलीय सहमति खोजी गर्ने ।’ एकल संक्रमणीय प्रणालीमा जाँदा मतभार, एउटै उम्मेदवारको निर्वाचनजस्ता अप्ठ्यारालाई कसरी समाधान गर्ने भन्नेमा दलीय सहमति खोज्ने र सहमतिकै आधारमा पुनः राष्ट्रपतिकहाँ पठाउने विकल्पमा दलबीच छलफल चलेको छ । ‘पहिले संवादमा बसेर व्यवस्थापनको खोजी गर्नुपर्छ, दीर्घकालीन नजिर रहने, नरहने निर्वाचन विधिलाई कसरी टुंग्याउने, बहुमतीय नटुंगिएर के गर्ने ? लगायत विषयमा केन्द्रित रही विकल्पको खोजी गर्नुपर्छ,’ माओवादी नेता बस्नेतले भने ।अन्नपूर्णपोष्टबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending