Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

छाउपडी गोठ भत्काउने अभियान शुरु

[caption id=\"attachment_143349\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल[/caption]

कञ्चनपुर । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।

वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताए ।

“छाउपडी कुरीतिको रुपमा रहेको छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उनले भने “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ । गोठ भत्काउने अभियानमा वडाध्यक्षहरुले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोग गरे । वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले भत्काउनमा सहयोग गरिएको बताए । “गोठ घरबाट टाढा हुुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ” उनले भने “महिलालाई सुरक्षित बनाउन गोठ नभत्काई हुँदैन ।” घरबाट टाढा गोठमा बस्दा परिवारका अन्य सदस्यसित सम्पर्क समेत हुन नपाएर विगतमा महिलाले धेरै दुःख पाएको अध्यक्ष गिरीले बताए । वडा नं १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएका छन् । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासित जनचेतनामूलक कार्यक्रम गरेको थिए । महिलालाई कार्यक्रममा सहभागी गराएपछि गोठ भत्काउन थालिएको केन्द्रका अध्यक्ष बोहराले बताए ।

सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरु समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीं गोठलाई छाउपडी गोठ भन्ने गरिएको छ । कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending