Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

प्रचण्डले किन गरे देउवाकाे प्रस्ताव सिधै अस्वीकार ? यस्ताे रहेछ भित्रि कारण

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।  चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन् । तर, देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको प्रचण्डले बैठकमा खुलासा गरेका थिए । आजको अन्नपूर्णमा खबर छ-प्रचण्डको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’ प्रधानमन्त्री देउवा र प्रचण्डबीच शनिबार भेट भएको थियो । देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको प्रचण्डले बैठकमा सुनाएका थिए । उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे । कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ प्रचण्डले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ । उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ ।’ माओवादीले अब त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले बताए । कांग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्ट्रिय सहमति खोजी गरेर जानुपर्नेमा प्रचण्डको जोड थियो । हामीले हिजो पनि समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधानसभाबाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन्न हुन सक्यो अब पनि कांग्रेसलाई साथै लिएर जाने गरी हामीले समन्वयकारी रूपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ’, प्रचण्डको भनाइ थियो । त्यसका लागि माओवादीले अब प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष निकालेको छ । राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । अब शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् । राष्ट्रियसभासम्बन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविद्सँग बसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र पौडेलले जानकारी दिए । सरकार र पार्टी एकताको विषय सँगसँगै अगाडि लैजानुपर्नेमा माओवादी बैठकले जोड दिएको छ । प्रचण्डले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन प्रचण्डले आग्रह गरेका थिए । एमालेका कतिपय नेताका अभिव्यक्तिले संशय र आशंका ल्याउने काम गरे पनि त्यस्तो आशंका दुई पार्टी एकता संयोजन समितिको बैठक बसेपछि दूर हुने विश्वास प्रचण्डले व्यक्त गरे । ‘दुई पार्टीका बीचमा पार्टी एकताकै विषयमा भने निर्वाचनपछि गम्भीर भएर छलफल चलेको छैन, एकता गर्नेमा दुवै पार्टी सहमत छौं तर अध्यक्षको विश्वास एकता संयोजन समितिमा छलफल भएपछि कार्यतालिका बन्छ भन्नेमा छ,’ नेता सापकोटाले भने, ‘हामीले अहिले एकतामा जोड गरेकै प्रस्ताव आफ्नै भएर हो । आफ्नै प्रस्ताव भएकाले पनि यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व र स्वामित्व हामीले नै लिनुपर्छ ।’ सरकार गठनअगावै पार्टी एकताको कार्ययोजना नै बनाउनुपर्ने माओवादी बैठकले जोड गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending