Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’

\"\"काठमाडाैं । सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ। आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ। यो खबर दिनेश गौतमले आजको अन्नपूर्णमा लेखेका छन् । ‘दिनैपिच्छे चार/पाँच जना अाजकाे अन्नपूर्णमा खबर छ-सिकिस्त बिरामी बेड नपाएर फर्किने गरेका छन्’, मुलुककै एक मात्र केन्द्रीय बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईले भने । आईसीयूमा कार्यरत दुई जना नर्सले आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् भने पाँच जना यसअघि नै राजीनामा दिएर अन्यत्र गइसकेका छन् । स्टाफ नर्सहरू करुणा थापा र मनीषा पुडासैनीले आइतबार राजीनामा दिएका हुन्। आईसीयूमै रहेकी स्टाफ नर्स संगीता श्रेष्ठ पनि राजीनामा दिएर अस्ट्रेलिया जाने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ। स्टाफ नर्स नहुँदा करारबाट नियुक्त पाएका तीन जना सातौं तहका अधिकृतलाई पनि स्टाफ नर्ससरह काम लगाउनुपरेको राईले बताए । माघ २ गते मात्रै १८ शड्ढयाको आईसीयूको क्षमता विस्तार गरी ५२ शड्ढया पु¥याइएको थियो । बिरामीको बढ्दो चापसँगै सेवा विस्तार गर्ने क्रममा अहिले एनआईसीयूमा १६, पीआईसीयूमा १३ र एसआईसीयूमा आठवटा शड्ढया सञ्चालनमा ल्याइएको छ । तर, नर्सहरूले राजीनामा दिएपछि सातायता सेवा प्रवाहमा समस्या आएको छ । आईसीयू कक्ष इन्चार्ज विष्णु बन्जाडेका अनुसार आईसीयूमा कार्यरत दुई नर्स प्रसूति हुने अवस्थामा छन् । ‘आराम गर्नुपर्ने बेला पनि प्रसूति अवस्थामा रहेका स्टाफ नर्सले काम गरिरहेका छन्’, उनले भनिन्, ‘उनीहरू प्रसूति भएर बिदामा बसे भने सेवा प्रवाह कसरी मिलाउने समस्या छ ।’ उनका अनुसार आईसीयूमा सेप्टिज, जन्डिस, हाइपोक्सिया, हाइपोथर्मियामा बिरामी धेरै आउँछन्। इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, निमोनिया र मुटुका बिरामीको संख्या पनि पछिल्लो समय बढेको उनले जानकारी दिइन् । ‘क्षमताअनुसार आईसीयूका सबै शड्ढया सञ्चालनमा ल्याउन सकिएको छैन । विभिन्न समस्याका कारण सेवा प्रवाहमा पनि कठिनाइ भइरहेको छ,’ उनले भनिन्।  सर्जिकल वार्डमा अप्रेसन गर्दा गम्भीर भएका बिरामीलाई पनि ल्याउने त आईसीयूमै हो। सीमित नर्सहरूका कारण कोही बिदामा वा बिरामी भए अर्कोलाई दोब्बर भार पर्ने गुनासो उनीहरूको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक जना नर्सले एक बिरामीको हेरचाह गर्नु पर्छ। तर, कान्ति अस्पतालमा एक जनाले सात जनालाई हेर्नुपरेको गुनासो स्टाफ नर्सहरूको छ। एक नर्स भन्छिन्, ‘तलब-भत्तालगायतमा आकर्षक सुविधा पनि छैन। करार र ज्यालादारीमा कतिन्जेल काम गर्ने भन्ने महसुस भएपछि छाडेका हौं ।’ कान्ति अस्पतालमा दिइने तलबभन्दा अन्यत्र दोब्बर बढी हुने दाबी नर्सहरूको छ। अस्पताल प्रशासनले ५२ वटै बेड सञ्चालनका लागि ७२ जना स्टाफ नर्र्स आवश्यक पर्ने आकलन गरेको छ । तर, अहिले झन्डै आधा मात्र सञ्चालनमा छन्। कामको बोझ बढी भए पनि तलब-सुविधा नभएकाले राजीनामा दिएर अन्य अस्पतालमा आकर्षित भएको नर्सहरू बताउँछन् । कान्तिमा २४ हजार तलब पाउने स्टाफ नर्सहरूलाई अन्य अस्पतालले दोब्बर सुविधा दिने गरेका छन् । सीमित बेड मात्र सञ्चालन गर्दा आईसीयू पुरानै बिरामीले भरिने गरेका छन् । अस्पतालका कार्यकारी निर्देशक गणेशकुमार राई स्टाफ नर्सको अभाव झेल्नु परिरहेको बताउँछन् । उनी भन्छन्, ‘स्टाफ नर्सको कमी भएको कुरा मन्त्रालयमा भनेका छौं। अस्पतालको आम्दानीबाटै कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यताका कारण उनीहरूलाई आकर्षक तलबभत्ता दिएर सेवामा टिकाइराख्न सकिएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending