Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

बैंकिङ कसुरमा सेनाका सहायक रथी पनि तानिए

\"\"काठमाडाैं । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए । अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘कृषि विकास बैंक न्युरोड शाखामा हिनामिना भएको रकममध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा
पुष्टि भए कारबाही हुन्छ : सैनिक प्रवक्ता बैंकको रकम हिनामिना प्रकरणमा नाम मुछिए पनि प्रहरीले विष्टलाई पक्राउ गर्न सकेको छैन । हिनामिना भएको रकम खोज्दै जाने क्रममा सहायक रथी विष्ट पनि अनुसन्धानमा तानिएको प्रहरीको भनाइ छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘बैंकको रकम हिनामिना सम्बन्धमा सेनाका जिम्मेवार अधिकारी मुछिएको भन्ने सूचना प्राप्त भएको छ । घटनाबारे जाँचबुझ हुँदै छ । पुष्टि भए कारबाही अघि बढाइनेछ,’ उनले भने । ग्राहकले जम्मा गरेको रकम पेन्डिङ देखाएर आपसमा बाँडचुँड  बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिप पेपर पनि दिन्थे । तर, सो रकम दीपिका रेग्मी वा उनको आफन्तको बैंक खातामा जम्मा गर्थे । पक्राउ परेका रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending