Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

नारायणकाजी श्रेष्ठसँगकाे अन्तरवार्ता: प्रचण्ड सेरेमोनियल बस्लान कि कार्यकारी भूमिकामा ?

\"\"वाम गठबन्धन निर्माणमा लामो समयदेखि सक्रिय नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिखेर हर्ष र विस्मातको दोसाँधमा छन् । खुसी यस अर्थमा कि उनले निकै कसरत गरेपछि बनेको गठबन्धनले अपत्यरिलो जनसमर्थन प्राप्त गरेको छ । तर, स्वयं श्रेष्ठले भने आफ्नै निर्वाचन क्षेत्रबाट नमिठो नतिजा बेहोर्नुपर्यो । श्रेष्ठको अन्तवार्ता आजको नेपाल(साप्ताहिक)मा छापिएको छ । उक्त अन्तवार्ताको केही अंश: प्रचण्डका विगतका व्यवहार  हेर्दा उहाँ एकदमै अस्थिर चरित्रको देखिनुहुन्छ । अहिले पनि उहाँले बार्गेनिङ गर्न पर्याप्त शक्ति आर्जन गर्नुभएको छ । यसैका आडमा उहाँले फेरी पनि पुरानै चरित्र प्रदर्शन गर्नुहुन्छ कि ? कमरेड प्रचण्डका बारेमा अस्थिरताको कुरा गरिन्छ । मूलभूत रुपमा म त्यसलाई गतिशीलता भन्छु र त्यसभित्र बेलाबेलामा अस्थिरता देखा पर्दै परेन म भन्दिनँ । अहिलेको हकमा म प्रष्ट भन्न सक्छु उहाँ यो एकता प्रक्रियालाई छिटो सकारात्मक टुंगोमा पुर्याउने पक्षमा हुनुहुन्छ । अब प्रचण्ड सेरेमोनियल भएर बस्नुहुन्छ कि कार्यकारी भूमिका खोज्नुहुन्छ ? एकीकृत पार्टीको कुनै पद सेरेमोनियल बनाउने र कुनै कार्यकारी बनाउने भन्नेबारे छलफल नै भएको छैन । दुवै पार्टीको अवधारणा अहिलेसम्म अध्यक्ष नै कार्यकारी हुने प्रकृतिको छ । एकीकृत भएपछि पनि सेरेमोनियल पदको कल्पना गरिएको छैन । जे भए पनि कार्यकारी पद हुन्छ । के हुने भनेर हामीले व्यक्तिगत  रुपमा वा हाम्रो पर्टीले मात्र सोच्नुपर्ने अवस्था छैन । दुबै वार्टीबाट आएका प्रस्तावमा छलफल गरी टुंगो लगाउँछौं । कि राष्ट्रपति बन्नुहुन्छ ? अहिले नै उहाँ सेरेमोनियल पदमा रहने कुरा सायद राष्ट्रको मागबमोजिम हुँदैन र उहाँ त्यसको निम्ति तयार पनि हुनुहुन्न । एकीकृत पार्टी बनाइछाड्ने र वामपन्थी सरकारमार्फत समाजवादउन्मुख समृद्ध नेपाल निर्माण गरी छाड्ने हाम्रो मिसन छ । त्यो पूरा गर्न हामी सबैको सक्रिय भूमिका र त्यसमा पनि एमाले अध्यक्ष कमरेड केपी ओलीसहितको टिम र हाम्रो पार्टी अध्यक्ष प्रचण्ड सबैको कार्यकारी भूमिका आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending