काठमाडौं । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ ।
“स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ”, नेपालको निर्वाचन समापन भएपछि नेपालस्थित अमेरिकी राजदूतावासद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ । पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षित र सुव्यवस्थित वातावरण बनाउनमा असंख्यौँ सरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ । मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्नका लागि नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएकामा जोड दिँदै आफ्नो सहभागिता कायम राख्दै र निर्वाचित जनप्रतिनिधिलाई पूर्णरूपमा जवाफदेही बनाउँदै आफ्नो नागरिक कर्तव्यलाई निरन्तरता दिन नेपालीसँग आग्रह गरिएको छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: