Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

किन देखिएन कांग्रेस र लोकतान्त्रिक फोरम एकता प्रभाव ?

\"\"काठमाडाैं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि भएको कांग्रेस र फोरम लोकतान्त्रिक एकताको प्रभाव मोरङमा देखिएन। लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिएका क्षेत्र ४ र ६ दुवैमा कांग्रेस उम्मेदवारले पराजय भोगे। २०७२ को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकसहित सबै दलले आ–आफ्ना उम्मेदवार उठाउँदा पनि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । आजको कान्तिपुरमा खबर छ-चुनावको मुखमा दुई पार्टी एकीकण भए पनि तल्लो तहका र सक्रिय कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्दा प्रभाव क्षेत्र गुमेको विश्लेषण गरिएको छ। ‘दुई पार्टी मात्र एकीकरण भए तर कार्यकर्तामा भावनात्मक एकता हुन सकेन,’ मोरङ कांग्रेसका पूर्वसचिव पीताम्बर दाहालले भने, ‘दुवै निर्वाचन क्षेत्रमा दुवै समूहका कार्यकर्ता बेग्लाबेग्लै ढंगले चुनाव प्रचारमा हिँडेको पाइयो।’ चुनावी प्रचारमा सँगै हिँड्ने थोरै थिए। यसले सामान्य मतदातामा नकारात्मक प्रभाव पारेको दाहालको बुझाइ छ। ‘स्थानीय निर्वाचनमा आ–आफनो अस्तित्वमा रहेका यी दुई दलका कार्यकर्ताबीच निकै ठूलो असन्तुष्टि जीवितै थियो,’ उनले भने, ‘पछिल्लो पटक पार्टी एकीकरण भए पनि त्यही असन्तुष्टिलाई उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पोखे।’ स्थानीय तह निर्वाचनमा टिकट नपाउने विजयकुमार गच्छदार समूह र कांग्रेसका असन्तुष्ट पक्षले पार्टीका उम्मेदवारलाई सहयोग नगरी विपक्षीलाई सहयोग गर्दा पकड क्षेत्र गुमेको हो। कांग्रेस स्रोतका अनुसार दुवै समूहका असन्तुष्ट पक्षले क्षेत्र ४ र ६ मा खुलेर वाम गठबन्धनलाई सहयोग गरे। क्षेत्र ६ मा गच्छदार र शेखर कोइरालासँग रुष्ट पक्षले प्रदेशमा कांग्रेसका चुमनारायण तवदार र प्रतिनिधिसभामा वाम गठबन्धनका लालबाबु पण्डितलाई भोट दिने ‘चुला’ (एक भोट चुमनारायणलाई, अर्को लालबाबुलाई) भन्ने अभियानै चलाए। तबदार तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन्। कोइराला पण्डितसँग ६ सय ७५ मतले पराजित भए। यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेसका तवदार र ‘ख’ बाट कांग्रेसकै केदार कार्की विजयी भए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले वाम गठबन्धनको स्थिर सरकार दिने नाराले मतदातामा प्रभाव परेको तर कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कुनै औचित्य साबित हुन नसकेको बताए। केन्द्रीय स्तरमा लोकतान्त्रिक गठबन्धन गरिएको भए पनि यसको असर तल्लो तहसम्म पुग्न नसकेको उनको भनाइ छ। तत्कालीन ५ र हालको क्षेत्र ६ बाट कोइराला पहिलो संविधानसभाको उपनिर्वाचनमा र दोस्रो संविधानसभामा विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस छाडेर तत्कालीन मधेसी जनअधिकार फोरमबाट उठेका गच्छदारले कोइरालालाई हराएका थिए। त्यो बेला सुनसरी ३ बाट पनि विजयी गच्छदारले मोरङ ५ छाडेपछि उपनिर्वाचनमा कोइरालाले तवदारलाई र दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारलाई नै पराजित गरेका थिए । मोरङ ४ पनि फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिन्छ। यो क्षेत्रमा महेश आचार्य वाम गठबन्धनका अमनलाल मोदीसँग ६ हजार ७ सय २९ मत अन्तरले पराजित भए । यो तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको क्षेत्र हो । उनी पनि प्रदेशसभामा वाम गठबन्धका विजयकुमार विश्वाससँग ३ हजार ६६ मतले पराजित भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies