Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘शनिबारको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अबका दिन जाँदैन’

काठमाडौँ, भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् । सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्ने उन्ीहरुको मत छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावना नरहेको विज्ञहरुले जानकारी दिए । नास्टका सहप्राज्ञ डा रञ्जनकुमार दाहालले नास्टले अन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारी दिए । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबार अपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएको उनले जानकारी दिए । सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहन पनि आग्रह गरे । भूकम्पले घिचिक घिचिक पार्नसक्छ यस्तो अवस्थामा नआत्तिई बस्न उनले सुझाव दिए । चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिए । भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएका ठाउँमा नजान सुझाव दिँदै उनले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावना नरहेको स्पष्ट पारे । अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पको सम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताए । उनका अनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो । चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारी आउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिए । उनले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेर पिउन र खाना खानुअघि हात धुन सुझाव दिए । चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिए । सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्म दिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोले पुर्न सुझाव दिए । उनले पानी र खानाका कारण रोग आउने हुँदा ती दुई वस्तुमा विशेष ध्यान दिनुपर्छ भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending