Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

कांग्रेसका हस्तीहरू नै पराजित, केही शीर्षनेता हारको संघारमा

\"\"काठमाडाैं । नेपाली कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नुपरेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् ।शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिब टरेको छ । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेलले योपल्ट आफ्नो क्षेत्रलाई सुरक्षित गर्न नसक्ने देखिएको छ । धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधिको अवस्था पनि सुरक्षित छैन । उनी राजपा नेता राजेन्द्र महतोभन्दा धेरै पछाडि पर्दै गएका छन् । सुर्खेतमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि संकटमै छन् । अाजको कान्तिपुरमा खबर छ-कांग्रेसका प्रभावशाली मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा धेरै पछाडि धकेलिएका छन् । शीर्ष नेतामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंहमात्रै विजयी भएका छन् । कांग्रेससँंग पार्टी एकता गरी चुनावमा होमिएका विजय गच्छदारसमेत संकटमै छन् । गच्छदारलाई सुनसरी–३ मा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरीले टक्कर मात्रै दिएकी छैनन्, मतान्तर बढाउँदै लगेकी छन् । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका गच्छदारले आफू नेतृत्वको फोरम लोकतान्त्रिकलाई चुनावको मुखमै कांग्रेसमा मिसाएर मैदानमा उत्रिए पनि जित सुनिश्चित गर्न सकेनन् । पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य प्रदीप गिरिलगायत केही नेताको स्थिति सुदृढ छ । कांग्रेसको पकड रहँदै आएको मोरङमा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल मात्रै निर्वाचित भएका छन् । युवा नेता गगन थापाले काठमाडौं–४ मा जितेका छन् । केन्द्रीय सदस्यहरू रमेश लेखक, एनपी सावद, फरमुल्लाह मन्सुर, प्रधानमन्त्री पत्नी आरजु राणालगायत पनि कडा प्रतिस्पर्धामा छन् । शनिबार अबेरसम्मको मतपरिणामले कांग्रेस प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । कांग्रेसनिकट विश्लेषक र पार्टीभित्रकै नेताले यसलाई अनपेक्षित परिणामका रूपमा लिँदै पार्टीकै संगठनमा पुन:संरचनाको आवश्यकता औंल्याएका छन् । उनीहरूले नेतृत्व हस्तान्तरणको माग गरेको बताए । ‘समानुपातिकको गणना भइसकेपछि मात्रै कांग्रेसको मत घटेको हो या एमाले र माओवादी केन्द्रको मत जोडिएकाले यस्तो परिणाम आएको हो भन्ने यकिन हुनेछ,’ कांग्रेस युवा नेता गगन थापाले भने । तर पनि प्रत्यक्षतर्फको नतिजामा पार्टी नेतृत्वको असफलता जोडिएको उनले बताए । थापाका अनुसार तत्काल कांग्रेसले सुधारको दिशा नलिए अझै ठूलो मूल्य चुकाउनुपर्ने छ । ‘सुधारको कार्यसूचीमध्ये पहिलो नम्बरमा अहिलेको पुस्ताले नेतृत्वबाट विश्राम लिनुपर्ने नै हो,’ उनले भने, ‘यतिले मात्रै पुग्दैन, तत्कालीन पार्टी सभापति सुशील कोइरालाले संविधान जारीपछि प्रधानमन्त्री पदमा गरेको प्रतिस्पर्धादेखि यो निर्वाचनसम्म आइपुग्दा कांग्रेस कहाँ–कहाँ चुक्यो भन्ने समीक्षा गरिनुपर्छ ।’ कांग्रेस नेतृत्वमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण र जारी गर्नेजस्ता महत्त्वपूर्ण उपलब्धिलाई प्रभावकारी रूपमा जनतामा लैजान नसक्नु कांग्रेस नेतृत्वको कमजोरी भएको उनले बताए । ‘कांग्रेस नेतृत्वमा भएका उपलब्धिबाट हामीले पुरस्कार पाउनुपर्दथ्यो, तर दण्ड पाएका छौं,’ उनले भने, ‘नेतृत्वको गलत कार्यशैलीले यस्तो भएको हो भन्ने सावित भइसकेको छ ।’ कांग्रेसनिकट विश्लेषकहरू ७० कटेका नेताहरूबाट अब पार्टीको पुनर्जागरण सम्भव नभएको निष्कर्ष सुनाउँछन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेललगायत पुस्ताबाट कांग्रेसमा पुनर्जागरण असम्भव रहेको उनीहरूको भनाइ छ । ‘कांग्रेस अग्रगामी एजेन्डाबाट स्थापित भएको पार्टी हो, जुन बेला कांग्रेस अग्रगामी एजेन्डाबाट पछि पर्छ या नीतिगत रूपमा विचलित हुन्छ, त्यतिबेला कमजोर भएको छ, अहिलेको अवस्था पनि ठीक त्यही हो,’ विश्लेषक एवं कानुनविद् विपिन अधिकारीले भने, ‘यसबीचमा कांग्रेस पछि फर्कने शक्तिका रूपमा देखा पर्‍यो । कार्यक्रम र नीतिमा विचलन आउँदा संकटमा धकेलियो ।’ उनले क्षमतावान् युवालाई नेतृत्वमा स्थापित गराउन सक्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेसनिकट विश्लेषक जगदीशचन्द्र पोखरेलले पनि नेतृत्वकै कमजोरीले अहिलेको नतिजा आएको बताए । ‘वाम गठबन्धनका नेताहरूले पार्टीलाई अभियानका रूपमा देशव्यापी बनाइरहेका बेला कांग्रेस नेतृत्वले त्यस्तो अभियान अघि बढाउन नसक्नु ठूलो कमजोरी थियो,’ उनले भने, ‘कांग्रेसका उम्मेदवारले पार्टीको अभियानमा भन्दा व्यक्तिगत प्रभावका आधारमा चुनावमा प्रतिस्पर्धा गरेको देखियो ।’ नेतृत्वमा सैद्धान्तिक विचलन आउनु पनि चुनावी हारको प्रमुख कारण रहेको पोखरेलले ठानेका छन् । ‘कहिले माओवादी केन्द्रसँग तालमेल गर्ने त कहिले राप्रपासँग तालमेल गर्ने काम भयो, यो कुनै सैद्धान्तिक आधारमा नभएर नेतृत्वको सत्ता स्वार्थ र लहडबाजीमा भयो,’ उनले भने । सभापति देउवा पार्टी संगठनमा भन्दा सत्तामा रमाउने व्यक्ति भएका कारण कांग्रेस कमजोर बन्दै गएको निष्कर्ष पनि विश्लेषकहरूको छ । देउवा दुई वर्षअघि १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा आइपुगेका हुन् । यसबीचमा उनले पार्टीका महामन्त्री र विभागहरूसमेत बनाउन सकेका छैनन् । सरकारमा रहँदा पनि उनले जनभावनालाई केन्द्रमा राखेनन्, जसका कारण उनी सबभन्दा बढी आलोचक प्रधानमन्त्रीकै रूपमा रहे । ‘उनले पार्टीलाई सत्तामा जाने भर्‍याङ मात्रै बनाए र कांग्रेसलाई आफ्नो र पत्नी आरजुको निजी सम्पत्तिजस्तो बनाए,’ एक विश्लेषकले भने, ‘देउवाको यही कार्यशैलीमा पार्टी रहिरहे कांग्रेस अझै कमजोर हुनेछ ।’ देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिन थालेको छ । निर्वाचनको समीक्षा गरी पार्टीलाई पुन:संरचना गर्नका लागि वरिष्ठ नेता पौडेल पक्षले तत्काल महासमितिको बैठक बोलाउन दबाब दिने तयारी गरेको छ । ‘यही तदर्थवादमा पार्टी सञ्चालन गर्न दिने हो भने कांग्रेस अझै कमजोर हुन्छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘पार्टी र सरकार सञ्चालनको कार्यशैली नै अहिलेको नतिजाको प्रमुख जिम्मेवार छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending