Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

गोरखामा कसरी हुँदैछ मतगणना ?

\"\"गोरखा । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्ला मध्ये गोरखा जिल्ला राष्ट्रिय स्तरमा रहेर राजनीति गर्दै आएका पूर्व प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्री दुई पात्रका कारण पनि गोरखाको निर्वाचन चर्चामा रह्यो । २८२ मतदान केन्द्रबाट ल्याएका मतपेटिकाहरु र सिलबन्दी गरिएको ढोका यतिबेला सिसि क्यामेरको निगरानीमा रहेको छ । जिल्लामा आज भएको सर्वदलिय र सर्वपक्षीय छलफलमा विहीबार साझ पाँच बजेबाट सुरु हुने मतगणना स्थललाई पनि गणना अवधिभर सिसी क्यामेराको निगरानीमा राखिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसको निगरानी हुने उनले बताए । गोरखा निर्वाचन क्षेत्र नं। १ को मतगणना जिल्ला अदालतमा र निर्वाचन क्षेत्र नं। २ को मतगणना जिल्ला समन्वय समितिको भवनमा गरिने भएको छ । प्रत्येक घण्टामा बाहिर रहेका सर्वसाधरणहरुलाई माइक तीनतिर फर्काई जिल्ला समन्वय समिति चोकबाट जानकारी गराइने र जिल्ला प्रशासन कार्यलयको सभाहलमा मिडिया सेन्टरको व्यवस्थापन गरिने पौडेलले बताए । मतगणना गर्दा अलग अलग केन्द्रको मतपेटिका मिसाएर गर्ने निर्णय भएको छ । भएका सहमति भन्दा बाहिर कुनै समस्या परेमा दलिय सहमति कायम गरी मतगणनालाई अगाडि बढाउने गरी निर्णय समेत भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्र र प्रदेशमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट मुख्य प्रतिपष्र्धा रहको अनुमान छ । उम्मेदवारहरु आफूले जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् । बदर र सदर मतपत्रका बारेमा दलहरुलाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, दलका नेता तथा प्रतिनिधिहरु, पत्रकार लगायत वीच छलफल भई मार्कर बोर्डको प्रयोग गरी श्रव्यदृश्य शिक्षण समेत भएको थियो । जिल्ला प्रशासन कार्यलय गोरखाको सभाहलमा भएको छलफलमा सरोकारवाला निकायको सघन उपस्थिति रहेको थियो । दलका नेताहरु आफूले जित्ने दावी सहित गणितमा कमजोर हुनेको मत कम आउने भन्दै व्यङ्ग्य समेत गरेका थिए । अघिल्ला निर्वाचनमा दलका उम्मेदवारहरु वीच बोलचाल नै नहुने स्थिति भएपनि यसपटकको निर्वाचनमा दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरु वीच सामिप्यताले झनै गोरखाको निर्वाचनलाई थप रोचक बनाएको कतिपयको भनाई छ । अधिकाँशको ध्यानाकर्षण भने गोरखा निर्वाचन क्षेत्र नं। २ मा रहँदै आएको छ । स्थानीय तहको मतका आधारमा आ–आफ्नो आधार मानेका क्षेत्रबाट अधिक मत खस्ने अपेक्षा गरेका दलहरु निर्वाचन पछि भने उत्साहित हुन सकेका छैनन् । जे छ बाकसमा छ भन्दै गणनापछि पत्ता लाग्ने बाम र लोकतान्त्रिक गठबन्धनका नेताहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending