Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी खगराज भट्ट लक्षित बम प्रहार, माअोवादीले निकाल्यो यस्तो विज्ञप्ति

\"\"डडेलधुरा । नेकपा माओवादी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी खगराज भट्टलार्इ लक्षित गरी बम प्रहार भएकोप्रति नेकपा माओवादी केन्द्रको आपत्ती जनाएको छ । पार्टीको प्रचारप्रसार विभाग प्रदेश नम्बर ७ का प्रमुख ओमविक्रम भाटले प्रेस नोट जारी गर्दै कायरतापुर्ण हर्कत गरिएको भन्दै घोर निन्दा गरेका छन् । त्यस्त हर्कतले किमार्थ पनि बिचलित नहुने विज्ञप्तीम उल्लेख छ । विज्ञप्तीमार्फत माओवादी केन्द्रले निर्वाचनमा शान्ति शुरक्षा कायम गराउन सम्वद्ध पक्षको ध्यानाकबर्षण गरेको छ । आज बिहान ४ः१८ मिनेट जादा लेखराज भट्टको घर पछाडी शक्तिशाली माईन बिस्फोट गराईएको विज्ञप्तीमा जनाइएको छ । घटनाबाट कुनै मानविय क्षति भएको छैन । सो क्षेत्रमा अहिले कडा सुरक्षा ब्यवस्था गरिएको छ । हिजो साँझ पनि प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी खगराज भट्टलार्इ लक्षित गरी बम प्रहार भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिष्पर्धी बाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी डडेलधुरामा बम विस्फोट गराइएको हो । परशुराम नगरपालिकामा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा सहभागी भएर फर्किने क्रममा आलिताल गाउँपालिका–८ बाघखोले नजिक बम विस्फोट भएको हो । उम्मेदवार भट्ट चढेको गाडीलाई लक्षित गरी बम विस्फोट गरिएको भएपनि उनी भन्दा अघि रहेको गाडी विस्फोटमा परेको थियो । बम विस्फोटबाट भट्टको चुनावी अभियानमा प्रयोग गरिएको भे १ च २४१९ नम्बरको गाडीको अगाडीको भागमा क्षति पुगेको छ । विस्फोटबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोट पछि भट्टसहित उनको टोलीलाई सशस्त्र र जनपथ प्रहरीको टोलीले स्कटिङ गरेर सुरक्षित स्थानमा पु९याएको थियो । उम्मेदवार भट्टले बम विस्फोट घटनाबारे अनुसन्धान गरी घटना घटाउनेलाई कारवाही गर्न माग गरेका छन् । बम विस्फोट कस्ले गरायो भन्ने खुलेको छैन । त्यसअघि परशुराम नगरपालिकामा भएको चुनावी सभालाई लक्षित गरेर सभा नजिक बम राखिएको थियो । तर त्यो बम सेनाले डिस्पोज गरेको थियो । सभामा एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका नेता जनार्दन शर्मा उपस्थित थिए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending