Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

प्रचण्डका पूर्वसल्लाहकार भर्सेस पूर्वराजदुतबीच लडाइँ

\"\"कपिलवस्तु । कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहेका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आएका हुन् । खनाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार थिए । फरक फरक पृष्ठभूमिका दुबै विसं २०७० को संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारीसँग पराजित भएका थिए । निर्वाचनका विषयमा जोड घटाउ भइरहँदा उनीहरुको उम्मेदवारीले नै यहाँको चुनावी माहोल तताएको छ ।

विकास निर्माणकै मुद्दालाई प्रमुख चुनावी एजेण्डा बनाउनुभएका उनीहरुले बाटोघाटो, पुलपुलेसा, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै दोहो¥याइआएका छन् । उम्मेदवार उठाएका अधिकांश राजनीतिक दलले उठाएका विषयसँग मिल्दोजुल्दो माग यहाँका मतदाताको पनि छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका अल्ताफ अहमद खानले आफ्नो क्षेत्रमा बाटोे, खानेपानी र शिक्षाको समस्या समाधान भए जीवनस्तर माथि उठ्ने बताउँछन् । उनले भने– “विद्यालय नभएका कारण अहिले पनि हाम्रा बच्चा मदरसा शिक्षाको भरमा छन् ।” प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (क) का एमालेका उम्मेदवार विष्णु पन्थीले कृषिको आधुनिकीकरण र पर्यटन प्रर्वद्धन गरेर समृद्ध कपिलवस्तु बनाउन सकिने तर्क गर्दै सडकको स्तरोन्नति र कालोपत्र गर्ने काम प्रमुख एजेन्डा भएको बताए । कतिपय स्थानमा पुलपुलेसाको निर्माण आवश्यक भएको ठान्नुहुने उहाँ जनताको जीवनस्तर उकास्न उद्योग खोल्न प्रोत्साहन दिई रोजगारी सिर्जना गरिने बताउँछन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ का सङघीय समाजवादी फोरम नेपालका उम्मेदवार अब्दुल रसिद खाँ अहिले पनि अस्पताल नभएका कारण दुर्गम क्षेत्रमा महिलाले बच्चा जन्माउन नसकेर मृत्यु हुने अवस्था विद्यमान रहेको र कतिपय स्थथानमा दश जोड दुईका क्याम्पस पनि नभएको तितो यथार्थ सुनाउछन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार दीप कुमार उपाध्यायले पूर्वाधार विकास, सिँचाइ र आर्थिक तथा सामाजिक रुपान्तरण यहाँको चुनावी मुद्दा भएको बताए । जिल्लाको दक्षिण भेगमा अहिले पनि चेतनाको कमी रहेकाले आर्थिक तथा सामाजिक रुपान्तरण चुनौतीको विषय भएको उहाँ स्वर्काछन् । राप्ती नदीको पानी लिफ्टिङ गरेर सिँचाई गर्ने परियोजनामार्फत जिल्लाको धेरै हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिने उनी बताउँछन् । छवटा नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन् । तीमध्ये पुरुष १ लाख ६९ हजार ४६४ र महिला १ लाख ४२ हजार २९४ छन् भने तेस्रो लिङ्गी २ जना रहेका छन् । यहाँ २५ हजार २१२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । यसअघि भएको संविधानसभाको निर्वाचनमा मतदाताको सङख्या २ लाख ३८ हजार ८५७ मात्रै थियो । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल मतदान केन्द्र ४१० र मतदानस्थल २३३ तोकिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २ हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा गरी कूल ९६ वडा छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राजपा लगायत १९ वटा दल र स्वतन्त्र गरेर प्रतिनिधिसभामा ५६ जना र प्रदेशसभामा १३० जनाले उम्मेदवारी दिएका छन् ।

कपिलवस्तुका निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जिल्लामा निर्वाचनका लागि कूल ३ हजार २७९ कर्मचारी परिचालन भएको जानकारी दिए। उनका अनुसार विगतका निर्वाचन भन्दा यसपटक निर्वाचन आचार संहिता उल्लंघनका घटना कमै भएका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले १५३ मतदानस्थल अति संवेदनशील, ६५ स्थल संवेदनशील र १५ मतदानस्थल सामान्य ठानेर वर्गीकरण गरेको जानकारी दिँदै भारतसँग जोडिएको नाकालाई सोमबार १२ बजेदेखि नै बन्द गरिने बताए ।

उनले नाकाबाट हुनसक्ने आपराधिक गतिविधिलाई निगरानीमा राखिएको र भारतीय पक्षसँग सूचना आदानप्रदान पनि भइरहेको बताए । निर्वाचनका लागि यस जिल्लामा कूल पाँच हजार ३३७ सुरक्षाकर्मी परिचालन भएका छन् । यस जिल्लाको दक्षिणी भेगमा मधेसी समुदायको बाहुल्यता छ भने उत्तरी भेगमा पहाडी समुदायको बाहुल्यता छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE