Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

मतदाता परिचयपत्र नहुनेले पेन्सन लिन पाएनन्

\"\"बैतडी । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ । भारतीय बैंकले सबैको पेन्सन खाता अद्यावधिक गर्न लागेको छ । भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्डलगायतका अन्य पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको हो । मासिकरुपमा निकासा हुने भए पनि उनीहरुले चार÷पाँच महिनाको फरकमा भारतीय बैंकबाट झिक्ने गरेका छन् । परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवानिवृत्त दशरथचन्द– ७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताइन् । “परिचयपत्र बनाउन टोली आएका बेला ध्यान पुगेन, अन्य समयमा आवश्यक भएन”– उनले भनिन्, “बैंकले मतदाता परिचयपत्र नभएसम्म मान्दैन ।” नाम फरक परेका, विवरण नमिलेका लगायतका समस्या जिल्ला प्रशासन कार्यालयको सिफारिशका आधारमा सुल्झिदै आएका थिए । यसपटक मतदाता परिचयपत्र खाजेकाले समस्या परेको हो । भारतीय सेना, प्रहरीमा कार्यरत श्रीमान्को पेन्सन लिने अधिकांश महिलाको मतदाता परिचयपत्र लिएका छैनन् । निर्वाचन नसकिएसम्म नयाँ परिचयपत्र बनाउन नाम दर्ता गर्न नसकिने भएकाले तत्काल केही गर्न नसकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिनहुँ समस्या लिएर आउनेको संख्या बढेकाले गृह मन्त्रालय र निर्वाचन आयोगलाई जानकारी पठाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE