Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

सयौँलाई रोजीरोटी दियो रामघाटको बालुवाले

\"\"पोखरा । कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा चाल्ने र चालेको बालुवा थुन्सेमा बोकेर समथर ठाउँसम्म पु¥याउने । नदीको किनारमा बालुवा चाल्ने र बोक्नेको धुइँरोजस्तै हुन्छ । परिवारको एक सदस्यले बालुवा चाल्छ भने अरूले बोकेर मिनीट्रक आउने ठाउँसम्म पु¥याउने गर्छन् । बुढापाका, तन्नेरी, युवा, युवती र साना बालबालिका पनि सो काममा व्यस्त देखिन्छन् । काम गर्न नसक्ने बालबच्चा त्यही खेलिरहेका हुन्छन् । पोखराको नगर क्षेत्र भएर बग्ने सेती नदी केही ठाउँमा गहिरिएर र केही ठाउँमा चाक्लिएर बगेको छ । रामघाटमा नदी चााक्लिएर बगेकाले वर्षायाममा त्यो ठाउँमा नदीले बालुवा, गिट्टी र ढुंगा ल्याएर थुपारिदिन्छ । हिउँदमा नदी सुकेर सानो भएपछि मजदुरले बाँसका अस्थायी पुल पुलेसा बनाउँछन् र किनारमा थुपारिएको बालुवा वारिपारि बोकेर थुपार्छन् र बिक्री गर्छन् । सयौँ मजदुरको जमघट र कार्यथलो त्यही भएकाले चिया खाजाको व्यापार पनि हुन्छ । भारतीय मूलका मानिसले तयारी खाजा र चिया लिएर त्यही पुग्छन् र उनीहरुको व्यापार पनि राम्रो छ । चालेको र गुणस्तरीय पनि भएकाले रामघाटको बालुवा घर निर्माण गर्ने ग्राहकको पहिलो रोजाइमा पर्छ । समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न दुई दर्जनभन्दा बढी मिनी ट्रक र ट्र्याक्टर तयारीमा हुन्छन् । विभिन्न स्थानका धेरै मजदुर बालुवा ओसार्ने काममा व्यस्त देखिन्छन् । लमजुङका ६० वर्षीय साइला गुरुङ रामघाटको बालुवा बोक्न लागेको १० वर्षभन्दा बढी भएको बताउँछन् । त्यस्तै उदयपुरका भीम मगर, तनहुँ घाँसीकुवाका गोविन्द रिजाल, काठमाडौँ साँखुका प्रेम श्रेष्ठले पनि धेरै वर्षदेखि बालुवा चाल्ने र बोक्ने काम गर्दै आउनुभएको जानकारी दिए । जिल्ला समन्वय समितिले पनि रामघाटको बालुवा खानी टेण्डरबाट यस वर्ष रु पाँच करोड २० लाख आम्दानी गरेको लेखा अधिकृत रोमनाथ उपाध्याय बताउँछन्। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE