Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

देउवाका प्रतिस्पर्धी खगराज भन्छन्- 'कांग्रेस अब टाउको बिनाको पार्टी बन्दैछ'

\"\"डडेल्धुरा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा डडेल्धुराका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्टले आसन्न निर्वाचनमा नेपाली कांग्रेसको टाउको सभापति शेरबहादुर देउवा नै पराजित हुने भएकाले कांग्रेसका अस्थिपञ्जर बाँकी नै नरहने बताएका छन् । खगराज आसन्न चुनावमा डडेल्धुरामा वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाका प्रतिस्पर्धी हुन् । नेकपा माओवादी केन्द्रकी लोकप्रिय नेतृ बिना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको बेलडाँडीस्थित चवन्नी बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले आसन्न चुनावमा देशलाई भिख मग्गा बनाउने, भ्रष्टाचार र कुशासन बढाउने पार्टी नेपाली कांग्रेस देशैभरि पराजित हुने बताए । ‘सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालय चुनावपछि बाँकी रहने छैन । त्यहाँ विपि संग्रहालय बन्नेछ,’ भट्टले भने, ‘देशैभरि कांग्रेस पार्टी र कांग्रेसका नेतालाई चुनावपछि कसैले खोज्ने छैनन् । शेरबहादुर देउवाले चुनाव जित्न रक्सीमासु, साडी र मोवाइल वितरण गरिरहेका छन्, मतदातालाई प्रभावित गर्न खोजिरहेका छन्,’ भट्टले भने, ‘अब यो चुनावमा रक्सी, साडी र मोवाइल होइन, विचार विजयी हुनेछ ।’ विगतमा वामपन्थी पार्टीलाई टुट्ने फुट्ने शनिको साढेसाती अब कांग्रेसतिर ढल्किएको भट्टले बताए । चुनावपछि सिंहदरवारमा रातो झण्डा फर्फराउने नेता भट्टले उद्घोष गरे । स्थानीय उम्मेदवार बिना मगरप्रति फैलाइएको अफवाहबारे प्रष्टीकरण दिँदै नेता भट्टले बिना मगर कञ्चनपुरमा माओवादी आन्दोलनको उद्गम बिन्दु आइबीआरडीबाट स्थापित महिला नेतृ भएको बताए । ?उश्र‘कञ्चनपुरको आइबीआरडीमा जन्मिएकी बिना मगर जतिबेला ९–१० वर्षकी हुनुहुन्थ्यो, त्यतिबेलादेखि माओवादी आन्दोलनमा हुनुहन्छ,’ भट्टले भने, ‘राज्यले माओवादीलाई लखेटिरहेको बेला बिना मगरको बुबाले माओवादी आन्दोलन र पार्टी कार्यकर्तालाई आइबीआरडीमा संरक्षण गर्नुभएको हो ।’ जनयुद्धताका माओवादी आन्दोलनमा आवद्ध नेता कार्यकर्ताले जनयुद्धताका मिठो खाना खान बिना मगरको बुबालाई सम्झिनुपर्ने बाध्यतालाई भट्टले स्मरण गरे । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बिना मगर बाल्यकालदेखि नै माओवादी आन्दोलनमा जोडिएर २७ महिना जेल जीवन बिताएको नेतृ भएको बताए । बिना मगरको जन्मभूमि कञ्चनपुर नै हो, उहाँले कञ्चनपुरलाई नै कर्मभूमि बनाउनुभएको छ,’ नेता भट्टले भने, ‘उहाँलाई प्रचण्डको बुहारीका रुपमा मात्रै प्रचार गरेर माओवादी आन्दोलनमा उहाँले गर्नुभएको योगदानको अवमूल्यन गरिन्छ । उहाँ हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्डको बुहारी हुनुहुन्छ, त्यसमा पनि हामीले गर्व गर्नुपर्छ । कञ्चनपुरको हाम्रो छोरी बहिनी पार्टी कमाण्डको बुहारी हुनु हाम्रो गौरवको कुरा हो । उहाँले यो सम्बन्धबाट कञ्चनपुरको विकासमा सहयोग गर्नुहुन्छ । कार्यक्रममा बोल्दै माओवादी नेतृ तथा उम्मेदवार बिना मगरले आफू प्रचण्डको बुहारीभन्दा पहिला कञ्चनपुरको छोरीका रुपमा चिनिन चाहेको बताइन् । ‘मलाई कञ्चनपुरकी छोरीका रुपमा चिनिन मन छ,’ उनले भनिन्, ‘आगामी निर्वाचनमा कञ्चनपुरका आमाबुबा दाजुभाईले मतदान गरेर कञ्चनपुरकी छोरीलाई संसद र सिंहदरवारमा पुर्याउँदैछन् । जुनसुकै नेता पनि पराजित भएर क्षेत्रमा नफर्किने परम्परालाई तोड्दै २०७० सालमा पराजित भएर पनि आफू निरन्तर कञ्चनपुरको विकासमा सक्रिय रहेको बताइन् । ‘पराजित भएर पनि थुप्रै विकास योजना र कार्यक्रम भएका छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि विकासमा आधिकारिक भूमिका खेल्न सजिलो हुन्छ । कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार जीवलाल चौधरी र नेकपा एमालेबाट कञ्चनपुरको १ ९ख० मा प्रदेशसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार कुलवीर चौधरीले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन आव्हान गरे । कार्यक्रममा कांग्रेस पूर्वजिल्ला सदस्य ईश्वरी भट्टसहित बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरीलगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE