Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

विनोद चाैधरीमाथि बम विस्फोटः जनयुद्ध-२ को परीक्षण ?

[caption id=\"attachment_165259\" align=\"alignleft\" width=\"750\"]\"\" दाङका स्व. विनोद चौधरीका परिवार[/caption] काठमाडाैं । दोस्रो जनआन्दोलनपछि गणतन्त्र संस्थागत गर्न भन्दै दलहरु चुनावी दौडमा होमिएका बेला दाङको तुलसीपुरबाट एउटा दीर्घकालीन राजनीतिक प्रभावको सन्देश प्रवाहको घटना भएको छ । त्यहाँ मारिएका विनोद चौधरी एकजना म्यादी प्रहरी त थिए । त्यससँगै उनको हत्या राज्यको बृहत्तर लक्ष्यको एउटा साधनमाथिको प्रहारको रुपमा प्रकट भएको देखिन्छ । कुनै संगठनले जिम्मेवारी नलिएको त्यो घटना विशुद्ध एकजना मान्छे मारिएको दुर्घटनामै सीमित रहला ? बेरोजगारीको बेहालकाबीच देशव्यापी भइरहेको चुनावले विनोद चौधरीलाई गरीबीमाझ गर्जो टार्न एउटा अल्पकालीन आयको अवसर जुराइदिएको थियो । त्यो उनले म्यादी प्रहरी बनेर छोपे । तर त्यो अवसर उनी र उनको परिवारको निम्ति अकल्पनीय \'दुर्भाग्य\' बन्न पुग्यो । उनको ज्यान लिने यो घटना नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान कार्यान्वयनको निम्ति भइरहेका चुनावविरुद्ध उत्रिएका बेला भएको छ । चुनाव लक्षित हिंसामा चन्द नेतृत्वको दलको हात रहेको ठानिएका बेला उसका कार्यकर्ताको गिरफ्तारीमा जुटेको सरकारले ती घटनाका जिम्मेवार किटान गरेको पाइँदैन । मतपेटिकामार्फत प्रकट भइरहेको जनमतको बेवास्ता गर्दै चन्दको दलका नेताले पछिल्ला घटनालाई \'जनताको आक्रोश\'को संज्ञा दिइरहेका छन् । कतिपयले २०४८ सालको आम चुनावपछि बाटो पहिल्याउँदै गरेको नव-प्रजातन्त्रविरुद्ध सावित हुन पुगेको ठान्ने २०५२ सालमा माओवादीले उठाएको बन्दूकको औचित्य गणतन्त्र देखाएर पुष्टि गरिन्छ । नेत्रविक्रम चन्दले त्यसैलाई प्रेरणापथ मानेको देखिन्छ । तर वर्तमान संविधानले \'नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सर्वभौमसत्ता\' बाहेक मतपेटिकाबाट के परिवर्तन गर्न रोकेको छ, जो उनी चाहन्छन् ? चन्दसामु उनका पूर्ववर्ती माओवादी सहकर्मीले समेत तेर्स्याउने यो प्रश्न कमजोर लाग्दैन । यसअघि तर्साउने खालका सांकेतिक आक्रमण मानव हत्यामा पुग्दा सरकारको धारणाको खोजी पनि हुनेछ, \"तुलसीपुरमा विनोद चौधरी विशुद्ध आपराधिक घटनामा मारिएका हुन् कि उनी कुनै राजनीतिक अभिष्टका शिकार भए ?\" उक्त घटनालाई कतिपयले माओवादीले भन्ने गरेको \'जनयुद्ध\'को दोस्रो चरणको परीक्षण पनि ठान्लान् । तर नबोलेरै गुप्तवास पसेका नेत्रविक्रम चन्दसँग उनको नामको पछाडि झुण्डिएको शब्द जस्तै \'विप्लव\' निम्त्याउने सामर्थ्य छ ? कि पछिल्ला हिंसामा अरु पनि कुनै स्रोत मिसिएको छ ? आफ्नो दल जिम्मेवार रहे/नरहेकोबारे मुख खोल्नु पर्ने चन्द मौन छन् । जुन कतिपयका नजरमा गैरराजनीतिक कोटिमा पर्दछ । तर ती आशंका मिश्रित जिज्ञासा चन्दसामुन्ने सीमित रहने छैनन् । सरकार र अहिलेको राजनीतिक प्रक्रियामा संलग्न दलहरु सामु साझा प्रश्नको रुपमा पनि उभिन पुगेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE