Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील

\"\"धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए। “अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृतसहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भने “जिल्लाको सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहरीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” चुनावलाई लक्षित गरेर नेकपा (विप्लव) का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उहाँले चारैवटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको बताए । जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुनसक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताए । प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको कामदेखि आवश्यक्ताअनुसार खान तलासीसमेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसीपारिलगायतका स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प नै स्थापना गरी सुरक्षा दिइरहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE