Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

प्रचण्डको चुनावी अभियानमा कलाकारको घुइँचोः बिष्णु खत्रीले रूवाए, मनाेज र सुरविरले हँसाए

\"\"चितवन । चितवन-३ का उम्मेदवारसमेत रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट प्रतिनिधिसभा सदस्यमा विजयी गराउन भन्दै दर्जन भन्दा बढि राष्ट्रिय कलाकार चितवन आएका छन् । चितवन ३ मा ‘प्रचण्ड जिताऔं साँस्कृतिक अभियान’ नै सञ्चालन गरेर बसेको कलाकारको टोलिले दैनिक साँस्कृतिक प्रस्तुति दिँदै प्रचण्डका लागि भोट मागिरहेका छन् । चितवनका चोक र बजारमा हरेक दिन ८–१० वटा कार्यक्रम गर्दै कलाकारहरुले प्रचण्डको चुनावी प्रचारलाई तीब्र बनाएका छन् । मंसिर ८ देखि सञ्चालन भएको साँस्कृतिक अभियानले चितवनको चुनावी माहौल प्रचण्डको पक्षमा तान्न मद्दत गरेको कलाकारहरुले बताएका छन् । सदावहार गायक भनेर चिनिने लोक तथा दोहोरी कलाकार बद्री पंगेनी प्रचण्डको साथमा सुरुमै चितवन पुगेका थिए । चितवनको चुनावी सभामा उनले ‘देश बनाउने जिम्मा प्रचण्डकै हातमा छ’ भन्दै गित गाउँदा हजाराैं दर्शकले साथ दिएका थिए । थुप्रै चुनावी गीत बजारमा ल्याईसकेका गायक पंगेनी डेढ हप्तादेखि प्रचण्डको चुनावी अभियानमा व्यस्त छन् । उनको ‘सहि पनि वामपन्थी, मै पनि वामपन्थी’ बोलको गीतले चुनावी बजार तताएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा \'मै पनि एमाले, सै पनि एमाले\' गीत पंगेनीले गाएका थिए । \"\" त्यस्तै लोक तथा दोहोरी गायक विष्णु खत्री पनि प्रचण्डको चुनावी अभियान अन्तर्गत चितवनका मतदातासँग भोट माग्न व्यस्त छन् । चुनावी सभाहरुमा प्रचण्ड पुत्र स्व. प्रकाश दाहाललार्इ सम्झँदै खत्रीले ‘देश बनाउन लडेको हो भूल गरेको हैन, सम्झि सम्झि नरोउ आमा म मरेको छैन’ बोलको गीत गाउँदा उपस्थित दर्शकका आँखा रसाएका थिए । मञ्चमा रहेका प्रचण्ड र प्रकाशकी अामा सीता भावुक भएका थिए । \"\" हाँस्य कलाकार सुरविर पण्डित पनि यतिबेला प्रचण्ड जिताउन भन्दै चितवन पुगेका छन् । प्रचण्डलाई जिताउन आफ्ना हाँस्य व्यङंय प्रस्तुतिमार्फत मतदातासँग उनले भोट मागिरहेका छन् । \"\" त्यस्तै युवा गायक नविन खड्काले पनि प्रचण्डको चुनावी अभियानलाई भरपुर साथ दिइरहेका छन् । ‘सबै सबै जनतालाई अधिकार दिदैं, गाउँ नगरमा सिंहदरबारमा ल्याए उनले सिधै, यसकारण प्रचण्डलाइ भोट दिनु है, गोलाकारभित्रको हसिया हथौडामै’ भन्ने गीतले चितवनका मतदातालाई उत्साहि बनाएको प्रचण्ड जिताऔं साँस्कृतिक अभियानका संयोजक सुदिप सुवेदीले खबरडबलीलार्इ बताए । खड्काको उक्त गीतमा संयाै दर्शकले मनोरञ्जन लिएका थिए । \"\" संगितकार चेतन सोपकोटा पनि सुरुदेखि नै प्रचण्डको चुनावी क्षेत्रमा पुगेर आफ्ना प्रस्तुतिमार्फत भोट माग्न व्यस्त छन् । ‘जनता भन्छन् केहि गरे प्रचण्डले गर्छ’ भन्ने उनको गीतमा दैनिक हजारौँ दर्शक नाच्ने गरेका छन् । \"\" लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल पनि प्रचण्ड विना कुनै हालतमा मुलुक समृद्ध बन्दैन भन्दै मतदातासँग भोट माग्न व्यस्त छन् । उनले हाँस्य प्रस्तुतिसँगै प्रचण्डलार्इ भोट माग्दै आएका छन् । त्यस्तै द्वन्द् निर्देशक राजेन्द्र खड्गी पनि यतिबेला चितवनमा भोट माग्न आइपुगेका छन् । उनले मन्तव्यमार्फत प्रचण्ड जिताउनु पर्ने भन्दै मतदाताहरुसँग मत मागिरहेका छन् । उनको साथमा नेपाली फिल्मी क्षेत्रका क्यामेराम्यान राजेश घिमिरे पनि प्रचण्ड जिताऔँ अभियानमा सक्रिय बनेका छन् । हास्य कलाकार सुबोध गौतमको क्यारिकेचरले पनि यतिबेला चितवन तताएको छ । राजनीतिक दलका शीर्ष नेताको आवाज जस्ताको तस्तै नक्कल गर्न सक्ने गौतमले नेताहरुकै आवाजमा प्रचण्डलाई भोट मागिरहेका छन् । त्यस्तै गायक डिजराज पौडेलले ‘तिमि आउने बाटोमा फुल रोपि दिए तर तिमि आइनौं’ बोलको गीत गाउँदै मतदाता फकाउने गरेका छन् । \"\" ‘विकासको लागि निकासको राम्रो नि प्रचण्ड, हाम्रो नि प्रचण्ड’ नामक गीतमा सन्तोस गुरुङ, नुमा घलेले जोडदार नृत्य प्रस्तुत गर्दै आएका छन् । उनीहरुको नृत्य हजाराैं दर्शकको मुख्य आकर्षण बन्ने गरेको छ । प्रचण्ड जिताउने अभियानका साथ भोट माग्न चितवन अएका कलाकार मौन अवधिसम्म बस्ने अभियानका संयोजक सुवेदीले खबरडबलीलार्इ जानकारी दिए । उनका अनुसार मंसिर ८ गतेदेखि निरन्तर चलेको अभियान सो अवधीसम्म चल्नेछ । हरेक दिन प्रचण्ड विना पनि कार्यक्रम भइरहेको छ । हरेक साँझ तीन चोकमा कार्यक्रम गर्ने गरेको सुवेदीले खबरडबलीलाई जानकारी दिए । \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE