Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कस्ले मार्ला बाजी ?

\"\"नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता देवकरणप्रसाद कलवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रबाट विसं २०७० भन्दा अगावै भएका निर्वाचनमा त्रिपाठी र २०७० सालको निर्वाचनमा कलवार विजयी भएका थिए । विगतका निर्वाचनमा पनि यो क्षेत्रमा त्रिपाठी र कलवारबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । यस पटकको निर्वाचनमा पनि त्रिपाठी र कलवारबीच नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ । सो निर्वाचन क्षेत्रमा एक लाख दुई लाख ३७६ मतदाता छन् । यसैगरी निर्वाचन क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्र्धामा हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, वाम गठबन्धनबाट पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव र पूर्वशिक्षा राज्यमन्त्री एवम् राजपाका नेता गोविन्द चौधरी चुनावी प्रतिस्पर्धीमा छन्। सो क्षेत्रमा कँडेल र यादवबीच नै कडा प्रतिस्पर्धा रहेको देखिन्छ । कँडेलले ०५१ र ०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने रुपन्देही घर भए पनि यादव सोही क्षेत्रमा राजनीतिमा सक्रिय हुनुहुन्छ । चौधरी पनि यस क्षेत्रमा राजनीतिमा क्रियाशील भएका उम्मेदवार हुन् । यस क्षेत्रमा कुल एक लाख पाँच हजार ८६९ मतदाता छन् । यतिखेर उम्मेदवारहरु मतदातालाई रिझाउन विभिन्न भेला, सभा, सम्मेलन, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएका छन् । नवलपरासी पश्चिम क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र छन् । दुबै निर्वाचन क्षेत्र गरी कुल दुई लाख आठ हजार २३७ मतदाता छन् । निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता विक्रम खनाल र वाम गठबन्धतबाट नेकपा एमालेका नेता दीपेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धीका रुपमा छन् । खनाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने अधिकारी सो निर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्दीको रुपमा थिए । यसैगरी प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता मुकुल आचार्य र वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका नेता अजय शाहीबीच मुख्य प्रतिस्पर्धी रहेका छन् । निर्वाचन क्षेत्र नं २, प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी र लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता गुणनिधि तिवारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । चौधरी ०७० सालमा सोही क्षेत्रबाट विजयी भएका थिए भने तिवारी पार्टीका पूर्वक्षेत्रीय सभापति एवम् वर्तमान उद्योग वाणिज्य महासंघ ५ नं प्रदेशका संयोजकसमेत छन् । अघिल्लो निर्वाचनमा चौधरी र तिवारी सोही क्षेत्रमा प्रतिस्पर्धीका रुपमा थिए । निर्वाचन क्षेत्र नं २, प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता वैजनाथ जयसवाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कनौया राजभर मुख्य प्रतिस्पर्धीका रुपमा छन् । जयसवाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र राजभर पनि व्यापारी नै हुन । नवलपरासीमा पश्चिम जिल्लामा कुल १२० मतदानस्थल र २५७ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये दुई मतदानस्थल अति संवेदनशील र २६ मतदानस्थल संवेदनशीलरुपमा रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE