Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बम पड्किरह्यो, भोट खसिरह्यो

\"\"रोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रोल्पाबाट ७० हजार मत खसेको छ । आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ७० हजार ३२१ जना मतदातालाई मतदान गरेका हुन् । यो कुल मतदाताको ५५.०९ प्रतिशत हो । रोल्पामा १ लाख २७ हजार ६ सय मतदाता छन् । निर्वाचन विथोल्ने उद्देश्यले नेकपाका कार्यकर्ताहरुले ठाउँठाउँमा बम विस्फोट गराउँदा पनि मतदाताहरुले मतदानमा उत्साहजनक सहभागीता जनाए । रोल्पामा ८१ मतदान स्थलको एक सय ६० मतदान केन्द्रमा मतदान भएको थियो । बम विस्फोट हुँदा पनि थबाङमा मतदान रोकिएन नेकपाले नो भोट घोषणा गरेको थबाङमा आठ सय २२ जनाले मतदान गरेका छन् । थबाङमा नेकपाका कार्यकर्ताले निर्वाचन विथोल्ने उद्देश्यले शनिबार साँझदेखि आईतबार अपरान्हसम्म पटक पटक बम विस्फोट गराएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा ‘नो भोट’ गरेको थवाङवासीले उत्साहपुर्ण सहभागिता जनाए । नेकपाले मतदान गरे ११ गते तिमीहरुको लाश देख्नेछौ भन्ने धम्की दिएको भए तापनि मतदाताहरुले उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भए । थबाङमा वडा नं. १ को जनचछु बिबाङ केन्द्रमा दुई सय ७६ भोट र साविक गाविस भवन ठूलो गाउँ मतदान केन्द्रमा पाँच सय ४६ मत खसेको छ । रोल्पाका डाँडाकाडाँमा बम पड्किरहे आईतबार विहान मतदान सुरुहुनु अगावैदेखि रोल्पाको डाँडाकाँडामा मतदातालाई त्रसित पार्न नेकपाका कार्यकर्ताहरुले बम बिष्फोट गराए । बम विस्फोटले कुनै मानवीय क्षति भएको छैन । पश्चिम रोल्पाको सुकीदहगाउँपालिका वडा नं ४ पाखापानीमा बिहान ५, ६ र ७ बजे तीन पटक बम बिष्फोट भएको थियो । मतदान केन्द्रभन्दा २ किलोमिटर, ३ किलोमिटर र ४ किलोमिटरको दुरीमा गरी तीन पटक बम बिष्फोट भएको थियो । त्रिवेणी गाउँपालिकाको जुँगार आसपासमा दिउसो केही बम बिष्फोट भए तापनि समग्रमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ । कसले कहाँबाट गरे मतदान प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’लगायतका विभिन्न पार्टीका नेताहरुले आ–आफ्नो नामावली रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका अनन्तले रोल्पा नपा ७ माडीचौर मतदान केन्द्रबाट मतदान गरेका छन् । निवर्तमान सभामुख एवम् माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार ओनसरी घर्तीले पनि त्यहीं मतदान केन्द्रबाट मत हालिन् । माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार एवम पूर्वमन्त्री जयपुरी घर्तीले दुईखोलीगाउँपालिकाको राङसीबाट मतदान गरिन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंह पुनले सुकीदह गाउँपालिका ७ जायचौर राँकबाट मतदान गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: