Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

'धरहरा ढल्दै गर्दा कहाली लागेको याद छ'

मेरो नाम सञ्जीव श्रेष्ठ हो । कक्षा १० पढ्दै गर्दा रामेछापको भीरपानी गाविसबाट काठमाडौं झरेको हुँ । जीविकोपार्जनका लागि होटलमा मजदुरी गर्न थालेँ । कुकको काम थियो मेरो । अहिले म पुल्चोकको एक रेस्टुरेन्टमा काम गर्दैछु । वसन्तपुरमा मेरो कोठा छ । हप्ताको अरु दिन काममा व्यस्त हुने भएकाले शनिबार म धेरैजसो घुम्न निस्कने गर्दछु । शनिबार एक दिन घुम्नाले मलाई हप्ता दिनभरि नै ऊर्जावान् बनाउने हुँदा यसो गर्ने गर्दछु । त्यो शनिबार पनि म घुम्न जाने मुडमा नै थिएँ । एक जना साथीले आज धरहरा जाऔँ भनेकाले मैले उनलाई खाना खाएर निस्कने जानकारी दिएँ । र, धरहराका लागि हिँडें । टिकट काटेर धरहराभित्र पस्दा शायद पौने १२ बजेको हुँदो हो । काठमाडौं आएको यत्तिका वर्ष बितिसक्दा पनि म पहिलो पटक धरहरा चढ्दै थिएँ । निकै रमाइरहेको थिएँ, काठमाडौंलाई उच्च स्थानबाट नियाल्नका लागि । साथीसँग संवाद गर्दै सिँढी उक्लिरहेको मेरो सास बिस्तारै बढ्दो थियो र सँगै मेरो उत्साह पनि । चढ्ने र ओर्लने क्रम पनि बाक्लिएको थियो। करिव ३० जना मान्छे जाली समात्दै थिए । म काठमाडौं नियाल्ने ठाउँमा पुगेँ । त्यहाँ फलामको जाली थियो । सबैभन्दा माथि पुगेपछि आनन्द लाग्यो । धेरै रमाइलो पनि लाग्यो । जालीबाट सहिदगेटतिर हेर्दै थिएँ । तलतिर फोटो खिँच्ने मान्छेको भीड पनि त्यस्तै थियो । ठीक त्यसै बेला हावा आएको जस्तो लाग्यो । स्वाँ.... स्वाँ... गरेको जस्तो लाग्यो । शनिबार हावा पनि राम्रै आयोजस्तो लागिरहेको थियो । शितल होला भन्ने पनि लाग्यो । भूकम्प आएको भन्ने थाहा भएन ।  एकछिनमा लचलच लच्किन थाल्यो । जालीभन्दा अलि तल्लो भागबाट झरेको जस्तो लाग्यो । एकछिन तल झर्दासम्म त मलाई थाहा थियो– धरहरा झर्दै छ भनेर । तर, कहाली लाग्दै थियो; मैले हाम फाल्न सकिनँ । त्यसपछि के भयो, थाहा भएन । शायद बेहोस भएछु । वीर अस्पताल अगाडि बाटोमा ५ बजेतिर मैले आफैंलाई पाएँ । सपनाजस्तै लागिरहेको थियो । दाइ ! मलाई पानी दिनाेस् न भनें । उसले पानी दियो । आँखा हेर्न मिलेको थिएन  । आँखामा पानी हालेँ तर केही देखिनँ । उठ्न खोेजेँ, सकिनँ । एक छिनपछि स्ट्रेचरमा लिएर मलाई ट्रमा सेन्टरमा पुर्याइयो । पछि त्यसो गरेको भए बाचिँदैनथियो होला । मेरो हात भाँचिएको छ । अनुहारमा चोट छ । मलाई भाग्यले बचायो । त्यो दिन सम्झँदा सपनाजस्तै लागिरहेको छ । जिन्दगीमा कहिल्यै नसोचेको कुरा भयोजस्तो लाग्छ । सुदीप विश्वकर्मासँगकाे कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE