Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

भोट हाल्न बास बस्नेगरी जानुपर्ने

\"\"म्याग्दी । म्याग्दीको एक गाउँका बासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ । प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०÷१० घरपरिवार बसोबास गर्छन् । त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताए । बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घण्टा लाग्ने गरेको छ । तीन वटा गाउँमा करिब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेका तिलिजाले बताए । विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताए । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उनले गुनासो गरे । उम्मेदवारको एजेण्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् । पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो । बस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सञ्चार, खानेपानी, झोलुङ्गे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बञ्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन् । म्याग्दी । म्याग्दीको एक गाउँका बासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ । प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०÷१० घरपरिवार बसोबास गर्छन् । त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताए । बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घण्टा लाग्ने गरेको छ । तीन वटा गाउँमा करिब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेका तिलिजाले बताए । विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताए । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उनले गुनासो गरे । उम्मेदवारको एजेण्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् । पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो । बस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सञ्चार, खानेपानी, झोलुङ्गे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बञ्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE