Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रचण्डमाथि लगातार बज्रपात, कसरी सम्हालिन्छ मन ?

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको आइतबार(हिजो) असामयिक निधन भयो । मुलुकमा गणतन्त्र स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका प्रचण्ड यतिबेला पुत्रशोकमा छन् । छारीको निधन भएको ३ वर्ष नपुग्दै एकमात्र छोरा गुमाउनु पर्दा प्रचण्ड परीवार शब्दमा अनुवाद गर्न नसकिने पीडामा छ । उनीमाथि एकपछि अर्को गर्दै बज्रपातका श्रृङ्खला खनिएका छन् । नेपालमा सर्बहारा बर्गको मुक्ति र गणतन्त्र स्थापना गर्न भन्दै संसारको ध्यानकर्षण गर्नेगरी १० वर्षसम्म शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले व्यक्तिगत जीवनमा भीमकाय बज्रपात सहन गरेका छन् । युद्धको अवधिभर उनी माओवादी सेनाको सुप्रिम कमाण्डर थिए । नेपालमा गण्तन्त्रको स्थापनाको पहिलो श्रेय समेत उनैलाई जान्छ । प्रचण्डका ४ सन्तानमध्ये ३ वर्षको अवधिमा दुइृ सन्तानको निधन भएको छ । छोरीको निधनको पीडालाई भुल्न नपाउँदै झनै ठुलो बज्रपात छोरा प्रकाशको निधनले उनलाई परेको छ । २०७० चैत्र १३ गते छोरी गुमाएका प्रचण्डले आफ्नी जेठी छोरी ज्ञानु केसीलाइृ गुमाएका थिए । क्यान्सरबाट पीडित केसीको उपचारका क्रममै निधन भएको थियो । ४० वर्षीया आफ्नी छारीको उपचारकालागि प्रचण्डले हर उपाय अपनाए । लामो समय मुम्बई, दिल्ली र अमेरिकामा उपचार गराउदा समेत केसीको स्वास्थ्यमा सुधार आएन र उनको निधन भयो । केसीका दुई छोरी अहिले प्रचण्डकै संरक्षणमा छन् । छोरीको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएको छाटो समयमै त्यही श्रृङ्खला दाहोरीयो छोरा मार्फत । \"\"प्रचण्डका भरोसा समेत रहेका प्रकाशलाई आइतबार साँझ प्रचण्ड आफैले पशुपति आर्यघाटमा दागबत्ती दिए । छारा प्रकाशको निधन हुँदा चुनावी अभियान अन्तर्गत झापामा रहेका प्रचण्ड खबर सुन्नासाथ काठमाडौं फर्किएका थिए । छोराको निधनले स्तबध भउपनि प्रचण्डले आफुलाइृ सम्हाल्ने यत्न भने गरिरहे । छोराको शव अन्तिम संकारकालागि पशुपति आर्यघाट लैजानु अगाडि आफ्ना नेता–कार्यकर्तालाई आफैँले सम्हालिन आग्रह गर्दै चुनावी अभियान नरोक्न निर्देशन दिए । छोरा प्रकाशको पार्थिव शरिरलाई दागबत्ती दिँदै प्रचण्डले आर्यघाटमा उपस्थित आफ्ना शुभचिन्तकलाई आफु सम्हालिएको आभाष गराउन हात हल्लाइरहे । \"\"कसरी सम्हाले प्रचण्डले आफुलाई ? भीमकाय पहाड आएर आफ्नै छातीमा बजारिदा समेत उनी स्पात बनेर सहिरहे । अबिचलित बनेर ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE