Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

\"\"सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय रहने गरी आठ बर्ष अघि सिन्धु विकास बैंकको स्थापना भएको थियो । तातोपानी नाका सम्बद्ध व्यापारी व्यवसायीहरुको लगानीमा स्थापना भएको बैंकका अध्यक्ष छन् उद्योग बाणिज्य संघका पुर्व केन्दैीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ । तिनै अध्यक्ष अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ का उम्मेद्वार भएका छन् । नेपाली काँग्रेसले उनलाई प्रदेशको टिकट दिएपछि उनी उमेदवार भएका हुन् । बाह्रविसे, मुडे, जलविरे, मेलम्ची, सिपाघाट, चौतारा, बनेपा र चरिकोटसहित १२ शाखा रहेको बैंकमा झण्डै ३ सय बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई उनले आफुलाई भोट दिन बैंकका उच्च कर्मचारीमार्फत दबाब दिन सुरु गरेका छन् । प्राय जिल्लाभित्रकै कर्मचारीहरु भएकाले पनि काँग्रेसलाई भोट नदिए जागिरबाटै निकालिदिने धम्कीसमेत दिन सुरु गरेको बैंक सम्बद्ध स्रोतहरुले खबरडबलीलाई बताए । अध्यक्ष ज्यू नै उम्मेद्वार हुन भएको छ तपाँइलगायत परिवारका सबै सदस्यहरुले उहाँलाई भोट हाल्नु पर्छ भन्दै सबै शाखा प्रमुखहरुले कर्मचारीहरुलाई भन्ने गरेका छन् । यसको नेतृत्व बाह्रविसे शाखा प्रमुख पुस्कर जिसी र मुडे शाखा प्रमुख जीवन श्रेष्ठले गरेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि मुडे शाखा प्रमुख श्रेष्ठ त खुलेर अध्यक्षको पक्षमा भोट मागीरहेका छन् । [caption id=\"attachment_163647\" align=\"alignleft\" width=\"750\"]\"\" ( हेर्नुहोस उम्मेद्वारसाग भोट माग्न हिँडेका रातो घेरामा मुडे शाखा प्रमुख श्रेष्ठ)[/caption] बैंकका कर्मचारीहरुलाई प्रेसर दिएर श्रेष्ठको पक्षमा भोट हाल्न दबाद दिएपछि कर्मचारीहरु के गर्ने नगर्नेमा अन्यौलमा परेका छन् । सबै कर्मचारीहरुलाई रुखमा भोट हालेको फोटो खिचेर ल्याउनसमेत बाह्रविसे शाखा प्रमुख जिसी र मुडे शाखा प्रमुख श्रेष्ठमार्फत कर्मचारीहरुलाई दबाब दिने गरेका छन् । शाखा प्रमुखहरुबाट मात्रै सम्भव नभएपछि सञ्चालकहरु समितिका सदस्यहरुसमेत अध्यक्ष श्रेष्ठलाई भोट दिनका लागि दबाब दिइरहेका छन् । यसको नेतृत्व सञ्चालक समितिका एक यादव दाहालले गरेको स्रोतको भनाइ छ । श्रेष्ठको विश्वास पात्रको रुपमा चिनिएका दाहाल उद्योग बाणिज्य संघका एमालेको कोटाबाट महासचिव भएका थिए । आफ्नो अध्यक्ष उठेपछि पार्टी सार्टी होइन, अध्यक्षलाई जिताउने हो भन्दै उनी श्रेष्ठको पक्षमा लागेर हिडेका छन् । बैंकमा रोजगारी दिने भन्दै केही दिन अघि बैंकमा कर्मचारी समेत मागिएको छ । रोजगारी दिने र त्यसका लागि भोट दिनु पर्नै बैंकका सञ्चालकहरुले भुमिका निर्वाह गरेका छन् । भोटलाई आर्कषित गर्नका लागि बेला न कुबेला बैकमा कर्मचारीहरु मागिएको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE