Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

\"\"सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय रहने गरी आठ बर्ष अघि सिन्धु विकास बैंकको स्थापना भएको थियो । तातोपानी नाका सम्बद्ध व्यापारी व्यवसायीहरुको लगानीमा स्थापना भएको बैंकका अध्यक्ष छन् उद्योग बाणिज्य संघका पुर्व केन्दैीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ । तिनै अध्यक्ष अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ का उम्मेद्वार भएका छन् । नेपाली काँग्रेसले उनलाई प्रदेशको टिकट दिएपछि उनी उमेदवार भएका हुन् । बाह्रविसे, मुडे, जलविरे, मेलम्ची, सिपाघाट, चौतारा, बनेपा र चरिकोटसहित १२ शाखा रहेको बैंकमा झण्डै ३ सय बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई उनले आफुलाई भोट दिन बैंकका उच्च कर्मचारीमार्फत दबाब दिन सुरु गरेका छन् । प्राय जिल्लाभित्रकै कर्मचारीहरु भएकाले पनि काँग्रेसलाई भोट नदिए जागिरबाटै निकालिदिने धम्कीसमेत दिन सुरु गरेको बैंक सम्बद्ध स्रोतहरुले खबरडबलीलाई बताए । अध्यक्ष ज्यू नै उम्मेद्वार हुन भएको छ तपाँइलगायत परिवारका सबै सदस्यहरुले उहाँलाई भोट हाल्नु पर्छ भन्दै सबै शाखा प्रमुखहरुले कर्मचारीहरुलाई भन्ने गरेका छन् । यसको नेतृत्व बाह्रविसे शाखा प्रमुख पुस्कर जिसी र मुडे शाखा प्रमुख जीवन श्रेष्ठले गरेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि मुडे शाखा प्रमुख श्रेष्ठ त खुलेर अध्यक्षको पक्षमा भोट मागीरहेका छन् । [caption id=\"attachment_163647\" align=\"alignleft\" width=\"750\"]\"\" ( हेर्नुहोस उम्मेद्वारसाग भोट माग्न हिँडेका रातो घेरामा मुडे शाखा प्रमुख श्रेष्ठ)[/caption] बैंकका कर्मचारीहरुलाई प्रेसर दिएर श्रेष्ठको पक्षमा भोट हाल्न दबाद दिएपछि कर्मचारीहरु के गर्ने नगर्नेमा अन्यौलमा परेका छन् । सबै कर्मचारीहरुलाई रुखमा भोट हालेको फोटो खिचेर ल्याउनसमेत बाह्रविसे शाखा प्रमुख जिसी र मुडे शाखा प्रमुख श्रेष्ठमार्फत कर्मचारीहरुलाई दबाब दिने गरेका छन् । शाखा प्रमुखहरुबाट मात्रै सम्भव नभएपछि सञ्चालकहरु समितिका सदस्यहरुसमेत अध्यक्ष श्रेष्ठलाई भोट दिनका लागि दबाब दिइरहेका छन् । यसको नेतृत्व सञ्चालक समितिका एक यादव दाहालले गरेको स्रोतको भनाइ छ । श्रेष्ठको विश्वास पात्रको रुपमा चिनिएका दाहाल उद्योग बाणिज्य संघका एमालेको कोटाबाट महासचिव भएका थिए । आफ्नो अध्यक्ष उठेपछि पार्टी सार्टी होइन, अध्यक्षलाई जिताउने हो भन्दै उनी श्रेष्ठको पक्षमा लागेर हिडेका छन् । बैंकमा रोजगारी दिने भन्दै केही दिन अघि बैंकमा कर्मचारी समेत मागिएको छ । रोजगारी दिने र त्यसका लागि भोट दिनु पर्नै बैंकका सञ्चालकहरुले भुमिका निर्वाह गरेका छन् । भोटलाई आर्कषित गर्नका लागि बेला न कुबेला बैकमा कर्मचारीहरु मागिएको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies