Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

यस्ता थिए प्रचण्डपुत्र प्रकाश दाहाल

\"\"नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान अचेत अवस्थामा नर्भिक अस्पताल पुर्याईएका दाहालको हृदयाघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । चुनावी अभियान अन्तर्गत चितवन पुगेका प्रकाश अस्वस्थ भएको भन्दै प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएका प्रकाश दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत भएको आमा सीता दाहालले थाहा पाएपछि उनलाई तत्काल नर्भिक अस्पताल पुर्याइएको थियो । २०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाश प्रचण्डका एकमात्र छोरा थिए । बुवा–आमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत बनेका प्रकाश एक कुशल व्यबस्थापक समेत थिए । जनयुद्धको बेलादेखि नै बुवा प्रचण्डलाई दिएको साथदिँदै आएका प्रकाश प्रचण्डको सचिवालयमा रहेर काम गर्थे । प्रचण्डका स्वकीय सचिवको रुपमा काम गरेका दाहाललाई सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा अब्बल मानिन्थ्यो । दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक समेत पाएका थिए । प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनी आफ्नो भन्दा पनि बुवा प्रचण्ड र पार्टी हितकालागि अहोरात्र खट्ने गर्थे । माओवादी आन्दोलन र शसस्त्र सङ्घर्षको पेचिलो मोर्चाबाट निखारिएका प्रकाश माओवादी पार्टीभित्र युवा नेताका रुपमा चिनिन्थे । राष्ट्रिय राजनीतिको मुलधारमा नभएपनि उनको भूमिका प्रचण्ड र नेपाली राजनीतिको सफलता र असफलतासँग गाँसिएको छ । ४, ५ कक्षादेखि नै सङ्गठित भएर निरन्तर पार्टीको काममा हिँडेका उनीको भुमिका प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री, हरेक समय र जिम्मेवारीमा एक प्रशासक र व्यवस्थापककै हुने गरेको थियो । बाबु प्रचण्डसँग रहेरस्थानीय तहदेखि केन्द्र र अन्तर्राष्ट्रिय समुदायसम्मको संयोजनको भूमिकामा उनलै मिलाउथे । उनी समयको महत्वलाइृ ध्यान दिने उनी जनताको भावनाको प्रतिनिधित्व गर्नैपर्ने कार्यक्रम र भेटघाटको गुरुत्वको राम्रो बोध गर्थे । हक्कि स्वभावका प्रकाश आफ्नोभन्दा प्रचण्डको कार्यकाल असफल होला नहोला भन्ने चिन्तामा रहन्थे । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि भेट्न खोज्ने, दवाव दिने, जालसाजी गर्ने सोंच र प्रवृत्तिलाई सिधै इन्कार गर्ने उनी माओवादी आन्दोलनको हेडक्वार्टर र सत्ता केन्द्रको व्यवस्थापनमा निरन्तर लागेका थिए। हरेक कुरालाई सहज रुपमा ग्रहण गर्ने उनी प्रशासक, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतका सबैसँग दमका साथ आफ्नो मत राख्ने हैसियत राख्थे । उनी निर्भिकतापूर्वक आफ्नो कुरा राख्न र त्यसलाई कार्यान्वयन गराएरै छोड्न अडिग बन्थे । उनको यहीँ विशेषताका कारण प्रशासक, राजनीतिक नेतादेखि कुटनीतिज्ञसम्म सबै उनको कुशलतासामू नतमस्तक हुन्छन् । आफ्नो कुरा सहज, कलात्मक ढंगले राख्ने र सबैलाई मित्रवत् व्यबहारले. उनको लाकप्रियता बढाएको थियो । उनको मृत्युले माओवादीलाई अतुलनिय क्षति भएको माओवादी नेताहरुले बताएका छन् । चुनावको मुखैमा भएको उनको निधनले पार्टी पंक्ति नै स्तब्ध बनेको छ । केही समय अघि छोरी गुमाएका प्रचण्डलाई एकपछि अर्को गर्दै बज्रपात पर्दै गएका छन् । प्रकाशको निधनले प्रचण्डको सक्रिय राजनीतिलाई असर पार्ने धेरैको विश्लेषण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE