Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

रोचक प्रतिस्पर्धाः राणा भन्छन् यसपालि जसरी पनि जित्छु, तामाङ भन्छन् २० हजार मतान्तरले हराउँछु

[caption id=\"attachment_163292\" align=\"alignleft\" width=\"750\"]\"\" वाम गठबन्धनका उम्मेद्वार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार पशुपतिशम्शेर राणा[/caption] सिन्धुपाल्चोक । पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो । तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँच पटक चुनाव जित्नुभएका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा एक पटक नेकपा (एमाले)का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली काँग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाका अनुसार राणाले केही चमत्कारै गरे भने मात्र जित हुने नत्र वाम गठबन्धन उम्मेदवार हावी हुने बताउँछन् । विसं २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित भए । पाँच पटकको लगातारको जीतपछि दुई पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किंदैनन् भन्ने आँकलन विपरीत काँग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक बनेको छ । चुनावी घरदैलोका बीच रासससँग कुरा गर्दै तामाङले अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गरिने जिकिर गरे । “वाम गठबन्धन गणितीय हिसाबमा पनि अगाडि छ, यो पाला राणालाई हराएर हारको ह्याट्रिक चखाइन्छ” उनले भने । सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनावअनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको काँग्रेस र चौथो शक्ति रहेको राप्रपा (प्रजातान्त्रिक)को अर्को गठबन्धन छ । सिन्धुपाल्चोक–२ मा मेलम्ची नगरपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडा तथा हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका पर्छन् । तीमध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका काँग्रेसले तथा मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेले जितेको छ । स्थानीय तहमा एमालेले २६ हजार ५७०, काँग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले नौ हजार पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छ । नेता राणा स्थानीय तहको निर्वाचनको मतलाई मात्र हेर्न नहुने बताउँछन् । टेलिफोनमा कुरा गर्दै राणाले पञ्चायतकालदेखि सिन्धुपाल्चोकको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले यस पटक सिन्धुका जनताले विवेक प्रयोग गर्ने जिकिर गरे । उनले भने, काँग्रेससँग गठबन्धन बनेपछि हामी बलिया छौँ, चुनाव जित्छौँ । निर्वाचन आउन केहि दिन मात्र बाँकी हुँदा टहरामा बसेका भूकम्पपीडितको भने आक्रोश छुट्टै छ । दुवै नेताले भूकम्पपछि जिल्लामा केही गर्न नसकेको उनीहरुको गुनासो छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE