Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

ओखलढुंगामा १० हजार ७सय मतदाताले पहिलो पटक भोट हाल्दै

\"\"ओखलढुंगा । चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गरेकी छन ।

पहिलो चरणमा हुने लागेको यही मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न फोटोसहितको मतदाता नामावलीमा नयाँ नाम थपिएकी रोक्काले भनिन, “पहिलो पटक भोट हाल्न लागेको छु, भोट कसरी हाल्ने भनेर नमूना मतपत्र पनि हेरेको छु ।” रविनालाई अरुले लाइन बसेर भोट हालेको देख्दा आफूलाई पनि भोट हाल्ने निकै रहर थियो । यो निर्वाचनमा रविनाको रहर पूरा हुनेभयो । रविनाजस्तै मोलुङ गाउँपालिकाका १९ वर्षीय सञ्जीव खत्रीले पनि पहिलो पटक मतदान गर्न पाउने भएको छ । “भोट हाल्न पाउने भइयो, मेरो फोटोसहितको नामावली छ, कसरी भोट हाल्ने बारेमा सिक्न बाँकी छ”–उत्साहित भएर हँसिलो मुहारमा खत्रीले सुनाए । नयाँ पुस्ता र केही फोटोसहितको नामावलीमा नाम छुटेका व्यक्ति जसले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाएका थिएनन् । जिल्ला निर्वाचन अधिकारी अर्जुनकुमार राईकाअनुसार जिल्ला निर्वाचन कार्यालयले जिल्ला कार्यालयबाट स्थानीय तहको केन्द्रमा पुगेर मतदाता नामावली तथा अधावधिक गरेपछि अहिले १० हजार ७०० मतदाता नयाँ थपिएका छन् । स्थानीय तह निवार्चनमा ९१ हजार ५०८ मतदाताले मतदान गरेका थिए । अहिले १० हजार ७०० मतदाता थपिएपछि एक लाख दुईहजार २६३ जना मतदाताले मतदान गर्न पाउने भएका हुन । पहिलोचरणको निर्वाचनअन्र्तगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली संकलन तथा अधावधिक गरिएपछि मतदाताको संख्यामा वृद्धि भएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE