Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

प्रचण्डले एकैदिन भित्र्याए ९७० नेता-कार्यकर्ता

\"\"काठमाडौं । विभिन्न पार्टी परित्याग गरी शुक्रबार बेलुका हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राप्रपाका केन्द्रीय सदस्य मदन थापाको नेतृत्वमा ५५ जना, देवकी खरेलको नेतृत्वमा १३३ जना, प्रकाश विकल्पको नेतृत्वमा नयाँ शक्तिका ५३८ जना, विष्णु भण्डारीको नेतृत्वमा नयाँ शक्तिकै २१ जना, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धश्री लामाको नेतृत्वमा १८ जना, जनसमाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष हरिबहादुर बोहराको नेतृत्वमा ८३ जना, चन्द्रगिरी नगरपालिकाबाट लक्ष्मीकान्त पाण्डेको नेतृत्वमा ३४ जना, राप्रपाका बैकल्पिक केन्द्रीय सदस्य वाङ्दु शेर्पाको नेतृत्वमा १२ जना, तराई मधेश एकता पार्टीका केन्द्रीय सदस्य पासाङ छिरी शेर्पाको नेतृत्वमा १६ जना, बैद्य माओवादीका बिनोद बरामको नेतृत्वमा ३६ जना, नेपाली कांग्रेसका प्रदेश सदस्य छिरिङ दोर्जे शेर्पाको नेतृत्वमा २९ जना लगायतका पार्टी र स्वतन्त्र समूहबाट हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरताको युग समाप्त गरेर विकास र समृद्धिको जग बसाल्न बामपन्थीहरुको बलियो केन्द्र बन्न लागेको बताए । उनले भने, ‘नेपालमा जहिले पनि राजनीतिक अस्थिरता, जहिले पनि अल्पमतको सरकार, जहिले पनि सरकार बनाउने–भत्काउने खेल चलिरह्यो । यसले देशको विकास र समृद्धिको हाम्रो सपना पुरा हुन सक्दैन । बामपन्थीहरुको एकता र तालमेल बहुमतको सरकारका लागि मात्र होइन, नेपालबाट अस्थिर, अविकास र राजनीतिक झमेला सदाका लागि अन्त्य गर्न हो ।’ यसअघि, वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा १ नम्बर क्षेत्रको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक वीरबहादुर थापा ‘पातल’ले टीका लगाएर पार्टी प्रवेश गराएका छन् । राप्रपाबाट गोपालप्रसाद घिमिरे, भेषराज सापकोटा, प्रेमसागर राना, विशाल सापकोटा, दयाराज सापकोटा र लालबहादुर विक, नेपाली कांग्रेसबाट शेरबहादुर पुजारा, दिनेश सिंह, जनकराज जोशी र प्रेम जोशी, नेपाल विद्यार्थी संघका कपिल जोशी तथा नयाँशक्तिका किरण परियार, राजु विक, मोहन एसके, सन्दिप फुलारा, शंकर एसके माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको विकासका लागि बिना मगर र वाम गठबन्धनका उम्मेदवार नै सक्षम भएकाले विकासमा योगदान पु¥याउन माओवादी केन्द्रमा प्रवेश गरेको राप्रपाबाट प्रवेश गरेका गोपालप्रसाद घिमिरेले बताए । कांग्रेसका सांसद र उम्मेदवारले विगतमा विकासका लागि खासै काम गर्न नसकेका कारण वाम गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको कांग्रेसबाट प्रवेश गरेका शेरबहादुर पुजाराले बताए । यस्तै, प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वाम गठबन्धनले शुक्रबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अन्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताएका छन् । नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराएका थिए । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट रोल्पाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका थिए । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला बुढाथोकीको उम्मेदवारी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE