Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

\"\"रोल्पा । नेकपा (माओवादी केन्द्र) वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा अर्का वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’का राजनीतिक एवम् शैक्षिक गुरु हुन् । ‘आदरणीय महरा सर मेरो शैक्षिक गुरुमात्रै होइन । राजनीतिक गुरु पनि हो’, शुक्रबार लिबाङमा आयोजित चुनावी सभामा महराका सामुन्ने अनन्तले भने, ‘म मात्रै होइन हामी रोल्पाबाट जति माओवादीका नेता छौँ, सबै महरा सरका चेला हौँ ।’ प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन नजिकिदै जाँदा महराले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा अनन्तका लागि भोट माग्न रोल्पा पुगिरहेका छन् । उनी एक हप्ताको अन्तरालमा अनन्तलाई भोट माग्न दुईपटक रोल्पा आईसकेका छन् । दाङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका महरा अनन्तलगायत आफ्ना चेलाहरु कुलप्रसाद केसी र दीपेन्द्र पुनलाई भोट माग्न रोल्पा पुगे । महरा र अनन्तलाई लक्षित गरेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले महराको घरनजिकै पर्ने भदौरेभन्ने ठाउँमा बम विस्फोट गराए । चन्द पनि महराका राजनीतिक तथा शैक्षिक चेला हुन् । संयोगले एक चेलाका लागि भोट माग्न रोल्पा जाँदै गर्दा अर्का चेलाले महरामाथि बम प्रहार गरिरहेका थिए । नगरपालिकास्तरीय चुनावीसभालाई संबोधन गर्ने क्रममा महराले आफ्ना चेला अनन्तको राम्रै प्रशंसा गरे । उनले स्पष्ट भाषामा भने, ‘अनन्तको जीत मेरो जित हो ।’ उनले अनन्त, कुलप्रसाद केसी, दीपेन्द्र पुन, जयपुरी घर्तीलगायत आफ्ना विद्यार्थी भएको स्मरण गर्दै भने, ‘उहाँहरुको जित मेरो जित हो । उहाँहरुको जीतमा मलाई गौरव हुनेछ ।’ महराले आफू र अनन्तबीच अन्तरविरोध छन् भनि कतिपयले हल्ला गरिरहेको उल्लेख गर्दै आफूहरुबीच अन्तरविरोध छ भन्नेहरु दुस्मन भएको घोषणा गरे । ‘केहिं तत्वले हाम्रो बीचमा अन्तरविरोध ल्याउन खोजिरहेका छन्, यो दुश्मनले खेल्ने खेलभन्दा अरु केहीं होइन,’ चुनावीसभामा अनन्तलाई भोट माग्दै उनले भने, ‘अनन्तजी र मबीचमा कुनै मतभेद छैन, कोहीं पनि भ्रममा नपर्नुहोला । उहाँलाई अत्यधिक बहुमतले विजयी गराउनु होला ।’ रोल्पा नगरपालिका महरा र अनन्त दुवैको गृहक्षेत्र हो । उनले आफू अनन्तलगायतका नेताहरुलाई भोट माग्न रोल्पा आएको स्मरण गर्दै मंसिर १० पछि आफ्नो लागि भोग माग्न आईदिन आग्रहसमेत गरे । भने, ‘१० गते यहाँ चुनाव सकिन्छ, म दाङबाट उठेको छु, तपाईंहरु जसले जहाँबाट सक्नुहुन्छ, मेरो लागि भोट मागिदिनुपर्छ ।’ कार्यक्रममा महराभन्दा पछि बोलेको अनन्तले आफूलाई भोट माग्न आईदिएकोमा महरालाई धन्यवाद दिए । उनले महरा आफ्नो राजनीतिक एवम् शैक्षिक गुरु भएको बताए । ‘महरा सर मेरो शैक्षिक गुरुमात्रै होइन, राजनीतिक गुरु पनि हो’, उनले भने, ‘म मात्रै होइन रोल्पाका हामी माओवादी नेताहरुकै उहाँ शैक्षिक एवम् राजनीतिक गुरु हो । उहाँले हामीलाई माया गर्नुहुन्छ, हामी सबैले उहाँलाई सम्मान गर्छौँ ।’ अनन्तले महरा र आफूबीचमा कुनै पनि मतभेद नभएको घोषणा गरे । ‘कतिपयले महरा र अनन्तबीच द्वन्द्वछ भनेर हल्ला गर्न खोज्छन्, हामीबीच कुनै द्वन्द्व छैन,’ उनले भने, ‘महरा सर हाम्रो लागि भोट माग्न आईदिनुभयो । हामी धन्यवाद दिन्छौँ । हामी पनि उहाँका लागि भोट माग्न जाने छौँ ।’ अब समृद्ध रोल्पा सुखी रोल्पाली चुनावी सभामा वाम गठबन्धनका नेताहरुले वाम गठबन्धनले दुई तिहाई सिट ल्याउने दावि गरे । उनीहरुले समृद्ध रोल्पा र सुखी रोल्पाली आफूहरुको अभियान भएको बताउँदै भोट मागे । कार्यक्रममा महरा, अनन्त, निवर्तमान सभामुख ओनसरी घर्तीमगर, वाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवारहरु कुलप्रसाद केसी, दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, एमाले पोलिट्व्यूरो सदस्य गोकुलप्रसाद घर्तीले संबोधन गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies