Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

प्रचण्डको चुनावी क्षेत्रले तान्यो सबैको ध्यान

\"\"चितवन । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ । प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा दुई प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको आफ्नो उम्मेदवार भन्ने यहाँ छैन । प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन् । यही क्षेत्रमा गाभिएको यस अघिको क्षेत्र नं– ५ बाट गएको संविधानसभा निर्वाचनमा पाण्डे निर्वाचित हुनुभएको थियो । दाहाल पहिलो पटक यहाँबाट निर्वाचन लड्दै छन् । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख सम्भावना बोकेको क्षेत्र हो । सँगै बग्ने राप्ती र नारायणी नदीसँगै साना नदीहरुले यहाँको सौन्दर्यता बढाएका छन् । नदी आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने क्रममा रहेका छन् । राप्ती किनारको पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यही क्षेत्रको माडी र मेघौलीमा होमस्टेबाट पर्यटन प्रबद्र्धन गरिँदै आएको छ । निकुञ्जसँगै गोद्धक, छरछरे, पाँच पाण्डव, बैकुण्ठे, विक्रम बाबा, सोमेश्वर कालिकालगायतका धार्मिकस्थल पनि यही क्षेत्रमा रहेका छन् । यस क्षेत्रका मध्यवर्ती सामुदायिक वन पर्यटन प्रबद्र्धनका लागि उर्वर मानिन्छन् । कृषि शिक्षाका लागि रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको छ । गाई अनुसन्धान फार्म, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, मेघौली विमानस्थल र यस क्षेत्रमा निर्मित पोल्ट्री फार्म र दाना उद्योग अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न लायकका छन् । विकासका दृष्टिले पछि परेको सडक कालोपत्रे भएका छैनन् । नदी तटबन्धनको अभावमा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेकोे छ । पश्चिम चितवनबाट नवलपरासी जोड्न पुल बन्नसकेका छैन । जिल्लाको भू–भाग भएर पनि नवलपरासी हुँदै वाल्मिकी आश्रम पुग्नुपर्ने अवस्था छ । माडी क्षेत्र चुरे पहाडको फेदको समथर भू–भाग हो । भरतपुर महानगरतर्फ पूरै समथर भू–भाग हो । माडी क्षेत्रमा थारु जातीको बाहुल्यता छ भने भरतपुरतर्फ मिश्रित बसोवास रहेको छ । यहाँ देशका ७६ जिल्लाबाट मानिस बसाइँसराइ गरी आएका छन् । जनताका यस्ता समस्या रहँदै गर्दा यहाँका उम्मेदवारले ठूला पूर्वाधारका आश्वासन दिइरहेका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष दाहालले “राष्ट्रको विकासका लागि प्रचण्ड, चितवनको विकासका लागि “प्रचण्ड” भन्ने नारासाथ चुनावी मैदानमा उत्रिएका छन् । समृद्ध राष्ट्र र समृद्ध चितवनको पक्षमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । निकुञ्ज वारपार गर्न आकासे पुल वा भूमिगत सडक निर्माण गर्ने, निकुञ्जवारी र पारी रिङरोड बनाउने र यस क्षेत्रलाई युरोपका देशका शहरको तुलनामा लैजाने योजना उनको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मन्त्री पाण्डे “विकासका लागि विक्रम पाण्डे” भन्ने नारा दिनुभएको छ । माडीमा चक्रपथ निर्माण, निकुञ्जमा मेस जाली लगाएर वन्यजन्तु नियन्त्रण गर्ने, पश्चिम चितवनबाट नवलपरासी जोड्ने पुल, नदी नियन्त्रण, सडक कालोपत्रे र सिँचाइ जस्ता एजेण्डा उनले अघि सारेका छन् । सो क्षेत्रको (क) प्रदेशबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिनेश कोइरालाले “ सबल लोकतन्त्रका लागि हातेमालो, विकास निर्माण र समृद्धि अवको पालो” नारा दिएका छन् । उनीसँगै वाम गठबन्धनबाट एमालेका कृष्णप्रसाद भूर्तेल चुनावी मैदानमा छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष भूर्तेलको एजेण्डा मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्नुरहेको छ । प्रदेश (ख) का लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका साजनकुमार महतो र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामलाल महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो थारु बाहुल्य क्षेत्र हो । दुवैको चुनावी नारा थारु संस्कृतिको संवद्र्धन र पर्यटन विकास छ । क्षेत्र नं ३ मा ६ स्वतन्त्र र ८ दलका गरी १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल दलित पार्टीका डिलबहादुर विक, विवेकशील पार्टीका सरदराज पाठक, संघीय समाजवादी फोरमका अजय ठाकुर हजाम, नेकपा मालेका डम्बर श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चाका टंकनाथ रेग्मी र नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुलाल प्रतिस्पर्धामा छन् । यसैगरी स्वतन्त्रबाट प्रवेश अधिकारी, विजयराज घिमिरे, भरत बोहरा, टंक बास्तोला, हरिप्रसाद दाहाल र भगवती प्रसाईंको उम्मेदवारी छ । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिकाका सबै वडा पर्दछन् । माडीका चार गाविस मिलेर माडी नगरपालिका बनेको हो । भरतपुर उपमहानगरपालिकामा यस अघि नारायणी र चितवन नगरपालिका गाभिएर महानगर बनेको हो । पछि थपिएका दुवै नगरपालिका क्षेत्र नं ३ मा पर्दछन् । भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा क्षेत्र नं ३ मा पर्छ । जिल्लामा कूल मतदाता तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् । निर्वाचनका लागि क्षेत्र नं ३ मा ६२ मतदानस्थल तय गरिएको छ जहाँ १४९ मतदान केन्द्र रहेका छन् । जिल्लामा १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE