मंसिर १ गते, २०७४ शुक्रवार 17th November, 2017 Fri०९:१५:२७ मा प्रकाशित
ललितपुर । लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नं २ मा उम्मेदवार घरदैलो कार्यक्रममार्फत मतदाताका घर–आँगनमा जान थालेका छन् । सडक विस्तार, खानेपानीको व्यवस्थापन, सम्पदा संरक्षण, भूकम्पपछिको पुनःनिर्माण र नयाँ बनेका नगरपालिकाको व्यवस्थापनका विषयलाई उम्मेदवारले मुख्य मुद्दा बनाएका छन् ।
गत सातादेखि यस क्षेत्रमा चुनावी रौनक बढेको छ । घरहरु कुनै न कुनै दलका झण्डाले भरिन थालेका छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रम र आफ्ना कार्यकर्तासँगको भेटमा व्यस्त छन् । दलका कार्यालय, सम्पर्क कार्यालयदेखि चिया पसलसम्म चुनावमय बनेको छ । यसपटक ठूला दलले यसअघिका निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधित्व गरिसकेकै व्यक्तिलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट चन्द्र महर्जन उम्मेदवार बनेका छन् । उनी संविधानसभा–२ मा यस क्षेत्रका सभासद् हुनुहुन्थ्यो । प्रतिनिधिसभामा नेकपा (एमाले)का तर्फबाट कृष्णलाल महर्जन उम्मेदवार छन् । उनी २०५६ सालको आम निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका थिए ।
प्रदेशसभातर्फ भने नेपाली काँग्रेसले (क) मा पवनविक्रम थापा र प्रदेश –(ख) मा प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)का माधवप्रसाद पौडेल प्रदेशसभा (क)मा उम्मेदवार बन्नुभएको छ । एमालेले प्रदेश सभा (ख)मा ज्ञानेन्द्र शाक्यलाई उम्मेदवार बनाएको छ ।
विवेकशील साझा पार्टीका तर्फबाट अमिरराज महर्जन प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । साझा विवेकशील पार्टीकै तर्फबाट यस क्षेत्रमा प्रदेश सभामा (क) मा प्रवीन महर्जन र (ख) मा ज्ञानबहादुर शाक्य उम्मेदवार छन् ।
महालक्ष्मी नगरपालिकाका १० वटै वडा र महानगरपालिकाका नौवटा गरेर यस क्षेत्रमा १९ वटा वडा रहेका छन् । प्रदेशसभा (क)मा महालक्ष्मी नगरपालिकाको १० वटा वडा र महानगरपालिाकाको एउटा गरेर ११ वटा वडा पर्छ । (ख) मा भने महानगरपालिकाको आठवटा वडा पर्दछन् ।
नेका र नेकपा (एमाले)का उम्मेदवार दुवैले यस क्षेत्रमा विजय र पराजय दुवै भोगिसकेका छन् । २०५६ सालको आमनिर्वाचनमा नेकपा (एमाले)का कृष्णलाल महर्जन विजयी हुँदा चन्द्र महर्जन नेकाका तर्फबाट उम्मेदवार थिए । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा यस क्षेत्रमा नेकपा (माओवादी) का राजकाजी महर्जन विजयी हुँदा चन्द्र महर्जन नै उम्मेदवार थिए । नेकपा (एमाले)का उम्मेदवार सिद्धिलाल श्रेष्ठ थिए ।
संविधानसभा–२ मा नेकाका चन्द्र महर्जन विजयी हुँदा एमालेका उम्मेदवार कृष्णलाल महर्जन थिए । चन्द्र महर्जन यस क्षेत्रमा पाँचौँपटक नेकाबाट उम्मेदवार हुनुहुन्छ । यसअघिका चार निर्वाचनमध्ये एउटामा विजयी भएका थिए । कृष्णलाल महर्जन २०५१ सालको निर्वाचन यता तेस्रोपटक उम्मेदवार छन् । उनले यसअघि एकपटक विजयी भए भने एकपटक भएका छैनन् ।
यस क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवारहरु विगतका निर्वाचनकै आधारमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । नेका उम्मेदवार महर्जन संविधानसभा–२ मा जनताले गर्न पठाएको काम पूरा गरेकाले आफूलाई फेरि मतदाताको मत मिल्ने विश्वास गर्नुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार महर्जन महालक्ष्मी नगरपालिका र महानगरपालिकामा स्थानीय निकायको निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाएको मतकै आधारमा आफूले जित्ने दाबी गरेका छन् ।
आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा (एमाले)का उम्मेदवारसँग भएपनि आफू ठूलो अन्तरले विजयी हुने नेकाका उम्मेदवार महर्जनको दाबी छ । यस क्षेत्रका मतदाताले आफूलाई संविधान लेख्न पठाएकामा त्यो पूरा गरेको र चार वर्षमा भएका विकासका आधारमा आफूले मत पाउने उहाँको विश्वास छ ।
उले भने“एकातिर स्रोतमा पानी खेर गइरहेको छ भने अर्कातिर यहाँका बासिन्दाले पानी खान पाएका छैनन्, यसको व्यवस्थापन गर्न लाग्नेछु ।” आफूले इमाडोलबाट लामाटार हुँदै काभ्रे जोड्ने बाटोका लागि विगतबाट नै लागिपरेको उनले बताए । भूकम्पले क्षतिग्रस्त भएका व्यक्तिगत घर र सम्पदाको संरक्षणमा लाग्ने उनको जोड छ ।
एमालेका उम्मेदवार महर्जन संविधानसभा–२ मा वामपन्थी शक्ति फुटेर गएकाले जनताले सजाय दिएको बताउँछन् । वामपन्थी शक्ति अहिले एक ठाउँमा हुँदा यस क्षेत्रका मतदाता खुशी छन् । उनी भन्छन् “अहिले जनताका घर–आँगनमा पुग्दा वामपन्थी एक भएर आएकाले वामपन्थीलाई नै मत दिने बताइरहेका छन् ।” आफूले २०५६ सालमा यस क्षेत्रका प्रतिनिधिका रुपमा उठाएका विकासका मुद्दा अहिले पनि निरन्तरता दिने उनी बताउँछन् । बाटो विस्तार, खानेपानीको व्यवस्थापन, लाँकुरी भञ्ज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास, क्षतिग्रस्त सम्पदाको संरक्षण उनको योजनामा पर्छन् । सरकार परिवर्तन हुँदा जनताको विकासको चाहना अलपत्र परेकाले पाँचवर्षे स्थायी सरकार जनताले चाहेको उनी बताउँछन् ।
विवेकशील साझा पार्टीका उम्मेदवार अमिरराज महर्जन जनतालाई परिवर्तनको महसुश गराउन आफूले उम्मेदवारी दिएको बताउँछन् । यस क्षेत्रमा प्रतिनिधिले विकास गराउनेभन्दा पनि जनतामा मेरो ठाउँको विकास गर्न आफैँ लाग्नुपर्छ भन्ने भावना जगाउन खाँचो छ । यस क्षेत्रका जनताले जित्ने र हार्ने दुवै फर्किएर नआएको गुनासो गरेको उनी बताउछन् ।
उनी भन्छन्, “हामी निर्वाचनका समयमा जुन समूह परिचालन हुन्छ, निर्वाचनपछि पनि जनतासँग नियमित सम्पर्कमा हुनेछ ।”
क्षेत्र नं २ मा जम्मा ३९ मतदानस्थलमा ८८ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभामा ११ राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर १३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ (क)मा नौवटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा भने नौवटा राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर ११ जनाले उम्मेदवारी दिएको कार्यालयकी प्रमुख सीता साम्बाले बताउनुभयो । यस क्षेत्रमा जम्मा मतदाता सङ्ख्या ७५ हजार ९८१ रहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: