Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सिरहा–४ मा दुई पूूर्वमन्त्री मुख्य प्रतिस्पर्धा, कसकाे पल्ला भारी ?

\"\"सिरहा । सिरहा–४ मा पूर्वकानुुनमन्त्री अजयशंकर नायक र पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव उम्मेदवार छन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नायक र राजपा–फोरम गठबन्धनबाट यादव उम्मेदवार बनेपछि सिरहा–४ चर्चामा छ । संगठन, मुद्दा र रणनीतिका हिसाबले दुवैजना सक्रिय रूपमा लागेका छन् । ‘त्यस्तै भो त्यसपालि, राजकिशोर यसपालि’ भन्ने नाराका साथ यादवलाई दोस्रोपटक चुनावी मैदानमा उत्रेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-यसअघिको जस्तो हार नदोहोरियोस् भन्नका लागि उम्मेदवारी दर्ताअघि नै राजपा वृत्तबाट जित्नैपर्ने दबाबका साथ ‘त्यसपालि’ र ‘यसपालि’को नारा लगाइएको राजपाका कतिपय कार्यकर्ता बताउँछन् । मतदाता अन्योलमा कल्याणपुर नगरपालिकाका बासिन्दा रमेश मण्डलका अनुसार यादव र नायक दुवै बौद्धिक नेतामा पर्छन् । उनले दुईजना नै संसद्मा जानुपर्ने नेता भएको तर्क गरे । उनले भने, ‘मतदाता अन्योलमा छन् । एकजनालाई जिताऊँ, अर्कालाई अन्याय हुन्छ । दुवै नेतामा समृद्धिको भिजन छ ।’ अधिकांश मतदाताको तर्क पनि मण्डलकै जस्तो छ । संविधानसभा पहिलो निर्वाचनमा उक्त क्षेत्रबाट राजकिशोर यादव र संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड विजयी भएका थिए । संघर्षशील र योजनाबद्ध काम गर्ने नायक र तार्किक बहस गर्ने यादव एकअर्काका चुनौती बनेका छन् । यस क्षेत्रमा कांगे्रसले महासमिति सदस्य तथा तत्कालीन सभासद् मोख्तार अहमदलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको नतिजा सिरहा–४ मा पर्ने मिर्चैया र कर्जन्हा नगरपालिका माओवादीले जितेको छ भने नरहा गाउँपालिका एमालेले जितेको छ । कांग्रेसले कल्याणपुर नगरपालिका जितेको छ भने कल्याणपुरका ४ वटा वडा राजपाले जितेको छ । विष्णुपुर गाउँपालिका संघीय फोरमले जितेको छ । यस क्षेत्रमा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिका, विष्णुपुर गाउँपालिकाको वडा नं. २, ३ र ४ नरहा गाउँपालिकाको ३, ४ र ५ तथा नरहा गाउँपालिकाको ३, ४ र ५ वडा पर्छन् । स्थानीय निर्वाचनको नतिजाअनुसार वाम गठबन्धन बलियो देखिन्छ । राजपा–फोरम गठबन्धन र कांग्रेसको उपस्थिति कमजोर देखिन्छ । कल्याणपुर नगरपालिका स्थित रामदुलारी माध्यमिक विद्यालयका प्रधानाध्यापक लालदेव साहले स्थानीय तहको नतिजामा वाम गठबन्धन अगाडि देखिए पनि प्रतिनिधिसभा निर्वाचनमा सोहीअनुसारको मत वाम गठबन्धनले पाउन गाह्रो हुने बताए । उनले भने, ‘पछिल्ला केही दिनदेखिको गतिविधिले वाम गठबन्धन अगाडि देखिए पनि कांग्रेस र राजपाका उम्मेदवारलाई पनि कम आँक्न मिल्दैन ।’ उनले अन्तिम अवस्थासम्म कांग्रेस र राजपाबीच सहकार्य हुन सक्ने सम्भावना रहेको समेत बताए । उम्मेदवारको आ–आफ्नै दाबी अजयशंकर नायक, वाम गठबन्धन वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अजयशंकर नायकले यसक्षेत्रमा पहिलादेखि नै वामको पक्कड रहेको र अहिले एमाले–माओवादी गठबन्धन भएकाले जित सहज भएको बताए । उनले भने, ‘धेरै कुरा स्थानीय निर्वाचनले पनि बताइसकेको छ । त्यसको साथै हाम्रो पार्टी शोषित, पीडित जनताको पक्षमा रहेकाले उनीहरूले हामीलाई माया गर्नेछन् भन्ने विश्वास छ ।’ उनले यस क्षेत्रमा वाम गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने ठोकुवासमेत गरे । राजकिशोर यादव, राजपा राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वाम गठबन्धनको पक्कड क्षेत्र भनी प्रचार गरिए पनि वास्तविकता फरक भएको दाबी गरे । उनले मधेसको मुद्दाको पक्षमा धेरै मतदाता रहेको बताए । उनले मधेसी जताको पक्षमा खेलेको भूमिका र व्यक्तित्वका कारण आफ्नो जितमा कुनै शंका नरहेको उनले ठोकुवा गरे । उनले भने, ‘गाउँगाउँमा पुग्दा जनताको मायाले झन् उत्साहित भएको छु ।’ स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई एकै रूपमा बुझ्न नहुने उनको तर्क छ । मोख्तार अहमद, कांग्रेस कांग्रेसका उम्मेदवार मोख्तार अहमदले अहिले नै जित हारको आकलन गर्न नसकिने बताए । उनले भने, ‘जनताले आफूलाई माया गर्नेमा विश्वस्त छु ।’ उनले कांग्रेसले जहिले पनि जनताको पक्षमा वकालत गरेको र पछिल्लो संविधान संशोधनका लागि खेलेको भूमिकालाई मतदाताले मूल्यांकन गर्ने बताए । विजयी भएपछि जनताको सेवामा समर्पित हुने तर्क गर्दै उनले जनताको समस्या बुझ्ने उम्मेदवार आफू भएको दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE