Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङः यस्तो छ थबाङको इतिहास

\"\"काठमाडौं । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ । २०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । ०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाँका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिँदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए । अाजको अन्नपूर्णमा खबर छ-तर पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो । अहिले भने त्यहाँका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफ्ना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए । थबाङमा शून्य मतदान जारी राख्नेमा नेकपा र उसको निर्णयलाई उल्ट्यार जनमत आफ्नो पक्षमा पार्नेमा माओवादी केन्द्रबीच अहिले रोल्पामा रस्साकस्सी नै चलेको छ । यो रस्साकस्सी स्थानीय तह निर्वाचनकै समयदेखि बाक्लो रूपमा चल्दै आएको हो । यद्यपि साविकका मिरुल र उवा गाउँलाई छाडेर थबाङको मात्र जनमत हेर्ने हो भने नेकपाकै प्रभाव बढी देखिन्छ । तर स्थानीय तह निर्वाचनमा नेकपाभित्र देखिएको अन्तरविरोधका कारण त्यहाँको जनमत विभाजित हुन पुगेको थियो । त्यसबेला नेकपाका स्थानीय पार्टी कमिटीले केन्द्रको ‘चुनाव बहिष्कार नीति’ उल्लंघन गरी निर्वाचनमा सहभागी भएको थियो । त्यसपछि उक्त पार्टीको बैठकले थबाङमा क्रान्तिकारीहरूको सशक्त प्रभाव हँुदाहँुदै पनि स्थानीय नेताहरूको निर्णय विचार र भावनाका दृष्टिले नै गलत र दुखद् रहेको निष्कर्ष निकालेको थियो । तर यसपटकको चुनावमा भने शून्य मतको इतिहास कायम राख्ने निर्णय नेकपाले लिएको छ । नेकपाको केन्द्रीय समिति बैठकले पारित गरेको दस्तावेजमा विगतको विरासत जोगाउन शून्य मतदानमा अडिनुपर्ने उल्लेख भएपछि थबाङलाई उसले प्रतिष्ठाको विषय बनाउन खोजेको देखिन्छ । ‘स्थानीय तह निर्वाचनमा पार्टी, क्रान्ति, वर्गसंर्घषलाई राष्ट्रिय जिम्मेवारीबाट बुझ्न नसक्ने यथास्थितिवादी, संसद्वादी र अनुभववादी कमजोरीका कारणले हामीमा केही समस्या पैदा भएको थियो । त्यसबाट पाठ सिकेर फेरि यसको विरासतपूर्ण इतिहासलाई जोगाउनुपर्छ’, नेकपाको दस्तावेजमा उल्लेख छ । तर रोल्पाबाट प्रतिनिधिसभाका माओवादी उम्मेदवार वर्षमान पुन \'अनन्त\' यसपटक थबाङले माओवादी केन्द्रको पक्षमा मत दिने विश्वास व्यक्त गर्छन् । ‘थबाङी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । विप्लवजीको पार्टीले पनि थबाङमा स्थानीय निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ’, पुनले भने, ‘राजनीतिक क्रान्तिमा थबाङले पुर्‍याएको नेतृत्वदायी योगदान कसैले भुल्न सक्दैन । थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएको छ । अब समृद्धिका लागि लाग्नुपर्छ । थबाङी जनताले मतदान गर्नेमा म विश्वस्त छु ।’ थबाङमा आठ सय ४५ घर र झन्डै ६ हजार जनसंख्या छ । मगर बाहुल्यता रहेको त्यहाँ सशस्त्र युद्धताका राज्यपक्षबाट ३२ र माओवादीबाट चार गरी ३६ जनाको मृत्यु भएको थियो । युद्धकै क्रममा सिंगै गाउँ नै जलेको थियो । थबाङका जनतामाझ कम्युनिस्टको जग मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' र वरिष्ठ नेता रामबहादुर थापाले बसालेका थिए । त्यसयता थबाङको विशेषता नै ‘विद्रोही’ स्वभावको बन्दै आएको थियो ।अहिले विगतको विरासत जोगाउने र त्यहाँको वर्चस्व आफ्नै हातमा राख्न नेकपा र माओवादी केन्द्रबीचमा प्रतिष्ठाको लडाइँ चलेको क्रान्तिकारी माओवादीका मोर्चा देशभक्त जनगणतान्त्रिक (देजमो) का तर्फबाट रोल्पामा प्रतिनिधिसभा उम्मेदवार कुमार शाहले बताए । उनले भने, ‘विप्लवजीहरू शून्य मतदान भन्ने, माओवादी केन्द्र दलबलसहित सभा गर्न पुग्न थालेपछि अब थबाङ प्रतिष्ठाको विषय बनेको छ ।’०४८ सालमा रोल्पाबाट चुनाव जितेका संयुक्त जनमोर्चाका वर्मन बुढा माओवादी केन्द्रको पक्षमा आफैं उभिएपछि थबाङ प्रतिष्ठा र संघर्षको केन्द्रविन्दु बन्न पुगेको उनको बुझाइ छ । थवाङलाई प्रतिष्ठाको विषय बनाउन माओवादी केन्द्र र नेकपाबीचको अस्वस्थ प्रतिस्पर्धा गत स्थानीय तहको निर्वाचनदेखि नै हुँदै आएको छ । थबाङ गाउँपालिका परिषद् बैठक भदौ ३१ मा उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाल जाँदा नेकपाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई अपहरण नै गरेको थियो । त्यसै बेलादेखि त्यहाँको विरासत कसले कब्जा जमाउने भन्नेमा लडाइँ छ । स्थानीय चुनावपछि विप्लव आफैं थवाङ पुगेर उक्त ठाउँमा पार्टी कमिटीको बैठक राखी निर्वाचन खारेजीको निर्देशन दिएका थिए । तीन साताअघि मात्रै नेकपाले राप्ती ब्युरोको बैठक राखी थबाङमा जुनसुकै अवस्था आए पनि शून्य मतको अवस्था जारी राख्ने निर्णय गरेपछि दुई पार्टीबीच विवाद बढेको हो । त्यही क्रममा चुनावी प्रचारमा रहेका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनमाथि नेकपाका कार्यकर्ताले आक्रमणको प्रयाससमेत गरेका थिए । त्यसको बाबजुद उनले सोमबार थबाङ पुगेर चुनावी सभा गरेका थिए । नेकपाले पुनको कार्यक्रम बिथोल्न जिल्ला बन्दको घोषणा मात्रै गरेन, थबाङलाई चुनाव निषेधित क्षेत्रसमेत घोषणा गरेको छ । यसले पनि यी दुई पार्टीबीच विवाद थप टकराव बढ्ने सम्भावना छ । नेकपा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने यस विषयमा अहिले नै टिप्पणी नगर्ने बताए । यस्तो छ थबाङको इतिहास - ०३७ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा सबै मत । - ०३८ को आम चुनावमा शून्य मत । - ०४२ मा बमकुमारी बुढालाई एकमुष्ठ मत । - ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई एकमुष्ठ मत । - ०५१ को मध्यावधि निर्वाचनमा चार जनाको मात्र मतदान । - ०५४ को स्थानीय निर्वाचनमा शून्य मतदान । - ०५६ मा सदरमुकामबाट दुई जनालाई हेलिकप्टरबाट लगेर मतदान । - ०६४ को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'लाई एकमुष्ठ मत । - ०७० को संविधानसभा निर्वाचनमा शून्य मत ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE