Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

महादेवको पूजाआजा गरी चुनाव प्रचारप्रसार शुरु

\"\"काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ ले आज कामपा–३२ स्थित कोटेश्वर महादेव मन्दिरमा पूजा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार अभियान शुरु गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसांसद दीपकप्रसाद कुइँकेल तथा उम्मेदवार प्रदेशसभा २ (क) का लोकेश ढकाल, प्रदेशसभा २ (ख) मनहरि खड्का र समानुपातिककी प्रतिमा गौतमले महादेवको पूजा गर्दै घरदैलो अभियानको प्रारम्भ गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्की, कामपा ९ नं वडा समिति सभापति भीमार्जुन आचार्य र वडा नं ३२ सभापति सुभाषचन्द्र पराजुली, प्रदेश समन्वय समितिका संयोजक शिक्षित पराजुलीलगायतले काँग्रेसले प्रजातान्त्रिक मूल्यमान्यताको रक्षाका लागि निर्वाचन जित्नैपर्नेमा जोड दिए । मंगलबार बिहान कामपा वडा नं ९ को घरदैलो कार्यक्रम बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा रामको पूजा गरी शुरु गरिने प्रचारप्रसार समितिका संयोजक कार्कीले जानकारी दिए । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपाल प्रतिष्पर्धामा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: