Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

‘लालपुर्जा देउ भोट दिन्छौँ’

\"\"धनगढी ।  चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् । धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया परिवारले अझैसम्म जग्गाको लालपुर्जा पाएका छैनन् । “भोट दिनुहोस पुनः स्थापनामा सहयोग गर्छौं भन्ने नेता धेरै आए, तर अहिलेसम्म जग्गा पाएका छैनाँ”, धनगढी उपमहानगरपालिका–१ को मुक्त कमैया शिविरका मुक्त कमैया होरीलाल चौधरीले भने, “यस्तो आश्वासन यसअघिका दुई–तीनवटा निर्वाचनका बेला पाए पनि समस्या समाधान भएन ।” मुक्त भएको १७ वर्ष भइसक्दा पनि आफूहरुले अझैसम्म जग्गा नपाएको अर्का मुक्त कमैया भागिराम चौधरीले गुनासो गरे । “भोट माग्ने बेला तिम्रो सबै समस्या समाधान गरिदिन्छु भन्छन्”, भागिरामले भने, “भोट हालिसकेपछि फर्केर आउँदैनन् ।” यसपालिको चुनावमा भने भोट हाल्दा विचार गरेर मतदान गर्ने यी पूर्व कमैयाको योजना छ । चुनावमा मतदान गर्न जाने पूर्व कमैयाले मतदान कसरी गर्ने कति ठाउँमा छाप लगाउने जस्ता विषयमा आफूहरु पूर्ण रुपमा जानकार नरहेको बताएका छन् । “असारमा भएको चुनावमा दुई ठाउँमा भोट हालेँ”, मुक्त कमैया सीताराम चौधरीले भने, “आउने चुनावमा दुई ठाउँमा भोट हाल्ने कुरा सुने पनि पूरा जानकारी छैन ।” मतदान गर्ने तरिका सिकाउन कोही नआउने गरेको यी पूर्व कमैयाको भनाइ छ । मुक्त कमैयाको भनाइलाई आधार मान्ने हो भने निर्वाचन कार्यालयले दिने मतदाता शिक्षा कार्यक्रम मुक्त कमैया बस्तीमा प्रभावकारी भएको देखिँदैन । यद्यपि क्षेत्रीय निर्वाचन कार्यालयले हरेक टोल र बस्तीमा मतदाता शिक्षा स्वयम्सेवीमार्फत मतदाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने गरेको छ । मतदाता शिक्षा दिन जाने कर्मचारीले दिउँसोको समयमा कतिपय मतदाता घरमा भेटाउन नसक्ने अवस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले बताए। “मतदाता शिक्षामा खटिने कर्मचारी घरमा पुग्दा कतिपय घरका मतदाता भेटिँदैनन्”, अर्यालले भने, “यसपालि सघन बस्ती रहेका टोल र वडामा मतदाताको भेला गराएर समूहगत रुपमा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE