Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

विश्व क्रिकेट लिगका लागि बन्द प्रशिक्षण सुरु, को-को परे छनाैटमा ?

\"\"काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ । बन्द प्रशिक्षमा भने अहिले २४ खेलाडी सहभागी छन् । मलेसियामा शुक्रबारदेखि शुरु हुने उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताले गर्दा २४ खेलाडी मात्र बन्द प्रशिक्षणमा राखिएको टोलीका मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए । उनले प्रारम्भिक चरणमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको र एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाइने बताए । छनोट हुने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, करण केसी, दिलिप नाथ तथा दीपेन्द्रसिंह ऐरी छन् । त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, सुशान भारी, सुशील कँडेल, नरेश बुढा एर, शक्ति गौचन, जीतेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, अनिल मण्डल, कुशल भुर्तेल, विक्रम सोब र सुनिल धमला छन् । विश्व लिग क्रिकेटमा यसअघि बाह्र खेल खेलेको नेपालले चार खेलमा जीत, एक खेलमा बराबरी तथा सात खेलमा हार बेहोरेको छ । नौ अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा छ । यता समान १२ खेल खेलेको युएई तीन खेलमा जीत तथा नौ खेलमा हार बेहोर्दै लिगको अन्तिम स्थानमा छ । युएइको ६ अंक छ । त्यस्तै नेदरल्यान्डस १८ अंकका साथ लिगको शीर्ष स्थानमा तथा पपुवा न्युगिनी १६ अंकका साथ लिगको दोस्रो, स्कटल्याण्ड तेस्रो, हङकङ चौथो तथा केन्या पाँचौँ स्थानमा छन् । विश्व लिग क्रिकेटको सातौँ चरणअन्तर्गतको दुई खेल आगामी मंसिर २० र २२ गते युएईस्थित अबुधावीको शेख जायेद रङ्गशालामा हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies