Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अफगानिस्तानको टिभी स्टेशनमा हमला

\"\"एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित शम्शद टेलिभिजन स्टेशनमा बन्दुकधारीहरुले आक्रमण गर्दा हमलाकारी सहित दुई जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको विशेष सुरक्षा फौजले आक्रमण रोकेपछि शम्शद टेलिभिजनले आफ्नो प्रसारण जारी राखेको थियो । आक्रमणका क्रममा एक सुरक्षा गार्डको ज्यान गएको पुष्टि भएको छ भने घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ । इस्लामिक स्टेट लडाकू समूह, आईएस, ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । हालैका महिनामा अफगानिस्तानको राजधानी काबुल तालेवान र इस्लामिक स्टेट लडाकू समूहको निशानामा बारम्बार परिरहेको छ । शम्शद टिभीका समाचार निर्देशक अबिद एहशासले तोलो न्यूज टेलिभिजन च्यानलसँग भने, \"यो मिडियाको स्वतन्त्रतामाथिको आक्रमण हो, तर उनीहरुले हामीलाई चुप गराउन सक्दैनन् ।\" उक्त टेलिभिजन परिसर प्रवेश गर्न विशेष फौजले सो टेलिभिजन च्यानललाई घेरेको पक्की पर्खाल विस्फोट गरी भत्काउनु परेको थियो । शम्शद टिभीले समाचार र समसामयिक गतिविधि लगायत विभिन्न प्रकारका कार्यक्रमहरु स्थानीय पश्तो भाषामा प्रसारण गर्दछ । सो टिभी बीबीसीको एक साझेदार टिभी स्टेशन पनि हो । उक्त टिभी च्यानलका एक संवाददाताले बीबीसीसँग भने, \"मेरा केही सहकर्मीहरु मारिएका छन् र केही घाइते भएका छन् ।\" पत्रकार तथा संचारकर्मीहरुका लागि अफगानिस्तान विश्वमै सबैभन्दा खतरनाक देशमध्ये एक मानिन्छ । सन् २०१७ को पहिलो ६ महिनामा पत्रकारहरुका विरुद्ध भएका हिंसात्मक घटनामा वृद्भि भएको छ । स्थानीय पर्वेक्षक संस्था दि अफगान जर्नलिट्स सेफ्टी कमिटीले ७३ वटा त्यस्ता घटनाहरु बारे विवरण संकलन गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । गत मे महिनामा एक विशाल आत्मघाती विस्फोटमा १५० जना भन्दा बढी मारिएका थिए र तीमध्ये एक बीबीसीका चालक पनि थिए । गत वर्ष एउटा निजी टेलिभिजन स्टेशन तोलोमा तालेवानले गरेको आत्मघाती बम विस्फोटमा उक्त टेलिभिजनका सात कर्मचारीहरु मारिएका थिए । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending