Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

चुनावको मुखैमा मोहन वैद्य भन्छन्ः सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छ

\"\"काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताएका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गरे । रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको) अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो । विज्ञप्तिमा भनिएको छ, “माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।” साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको नेता वैद्यले जोड दिउका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE