Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी शीर्ष नेताः जसले आफैँलाई भोट हाल्न नपाउने भए

\"\"काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि दलका उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा व्यस्त बनेका छन् । उनीहरु निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रयासरत छन् । चुनावी प्रतिस्पर्धामा जित र हारको निर्धारणमा एक भोट समेतको धेरै महत्व हुन्छ । उम्मेदवारहरु यतिबेला त्यही एक–एक भोटको जोहो गर्न तीब्र मेहनतकासाथ लागिपरेका छन् । आम मतदातालाई आफ्नो प्रभावमा पारेर आफ्नो पक्षमा भोट झानै लगिपरेका कतिपय शीर्ष नेताहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । यसअघिका निर्वाचन जस्तो एउटै व्यक्ति दुई क्षेत्रबाट चुनावी उम्मेदवार बन्न नाउने भएपछि केहि नेताहरुले आफ्नालागि आफ््नो मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन एैनमा सो व्यवस्था कायम भएपछि नेताहरुले यसपटकको निर्वाचनमा एक क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । दुई निर्वाचन क्षेत्रबाट चुनाव लड्न नपाउने कानुनी व्यवस्था र पार्टीको आन्तिकि उम्मेदवारी व्यवस्थापनमा समस्या हुँदा कतिपय नेताहरुले निर्वाचन आयोगको मतदाता नामावली भएको स्थानबाट भन्दा अन्यत्र क्ष्ोत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसो हुँदा नामावली नभएको क्षेत्रमा उम्मेदवारी दिएका नेताहरुले आफुले आफेँलाई भोट हाल्न पाउने छैनन् । मतदाता नामावलीमा नाम सूचीकृत भएको मतदान केन्द्रबाट मात्र भोल हल्न पाउने संबैधानिक व्यवस्था भएकाले यस्तो उनीहरुले आफेनो भोट आफ्नालागि प्रयोग गर्न नपाउने भएका हुन् । केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनको गृहजिल्ला पनि झापा नै हो । केही समय अघिमात्र गृहजिल्ला झापामा रहेको आफ्नो मतदाता नामावली भक्तपुरमा सारेकाले ओलीले आफ्नोलागि भोट हाल्न नपाउने भएका हुन् । हाल उनी भक्तपुर बालकोट बस्ने भएकाले उनले स्थानीय तह निर्वाचान अघि आफ्नो नाम भक्तपुर सारेका थिए । माधवकुमार नेपाल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं २ बाट प्रतिनिधिसभाकालागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले पनि यो निर्वाचनमा आफुलाइृ भोट हाल्न पाउने छैनन् । उनको मतदाता नामावलीमा गृहजिल्ला रौतहटको गौर नगरपालिकामा नाम सूचीकृत छ । उनले यसअघिका निर्वाचनमा दुबैतिरबाट चुनाव लड्दै आएका थिए । कृष्णबहादुर महरा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ २ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनको गृहजिल्ला भने रोल्पा हो । उनको मतदाता नामावली पनि रोल्पाबाटै बनेको छ । पाटीृको आन्तरिक उममेदवारी व्यवस्थापका कारण दाङबाट उम्मेदवारी दिउका महराले पनि यसपालि आफुलाई भोट हाल्न नपाउने भएका छन् । देबप्रसाद गुरुङ नेकपा माओवादी केन्द्रका नेता देबप्रसाद गुरुङले लमजुङबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनको स्थाइृ घर मनाङ हो । उनको मतदाता नामावली समेत मनाङबाटै छ । माओवादी–एमाले मिलेर बनेको वाम गठबन्धनबाट पार्टीको भागमा मनाङ नपरेपछि उनी लमजुङ पुगेका हुन् । आरजु राणा प्रधानमन्त्री शेबहादुर देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणाले कैलाली ५ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दिएकी छिन् । उनको मतदाता नामवलीमा नाम भने डडेलधुराको गन्या गाउँपालिकामा छ । उनले यसपालि प्रतिनिधिसभा निर्वाचनमा आफ्नोलागि आफ्नो मत प्रयोग गर्न नपाउने भउकी छिन् । ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गारउका छन् । उनी सौ जिल्लाकालागि ‘टुरिष्ट’ उम्मेदवार हुन । उनको गृहजिल्ला भोजपुर हो । गृहजिललाबाट टिकट नपाएर सुनसरी पुगेका कार्कीले पनि आफुलाई भोट हाल्न नपाउने भएका छन् । उनको नाम भोजपुरकै मतदाता नामावलीमा कायम छ । महन्थ ठाकुर राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी ३ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनको गृहजिल्ला सर्लाही हो । उनको मतदाता नामावली समेत सर्लाहीमै कायम छ । मधेशवादी दल मिलेर बनेको गठबन्धनबाट सर्लाहीमा टिकट नपाएर महोत्तरी आइपुगेका उनले पनि आफुलाई भोट हाल्न नपाउने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE