Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मुग्लिनको बिच बाटो नपुग्दै जब वाम गठबनधनको हल्ला आयो

\"\"मुग्लिनको भत्किएको बाटोको बिचमा आई नपुग्दै खबर आउछँ आज वाम गठबन्धन बन्दैछ । जस गठबन्धनमा कम्युनिस्ट त्यागेका डाक्टर साहेब अर्थात डा. बाबुराम भट्टराई पनि आउँदैछन् । अपत्यारिलो जस्तो लाग्यो डाक्टर साहेब यो गठबन्धनमा आउनु अनि दिनरात प्रचण्ड र माओवादी उखान लगाई लगाई गाली गरेर दिनचर्या बिताउने एमालेका अध्यक्ष केपी ओली शर्मा तालमेल र एकताको लागि तयार हुनु । राजनीति वृत्तमा समयले कसरी कोल्टो फेर्छ थाहा हुदैन रहेछ । तर म जस्तो माओवादी आन्दोलनमा लागेका ६० प्रतिशत युवाहरुमा अझै अनेकौं प्रश्नहरु छन् पाटीप्रति । १) के एमाले सच्चिन तयार हुन्छन् त ? २) के एमाले तालमेल मात्र होईन एकताको लागि पुर्ण बिसस्त छन् त ? ३) के नेताहरु सत्ताको लागि होईन् देशको समृद्धिको लागि बफादार छन् त ? ४) भोली यदि एकता भाँडे त्यसको जिम्मेवारी एमाले लिन तयार हुन्छ ? अनेकौ प्रश्नहरु हामी युवाहरुको मनमस्तिकमा खेलेका छन् । केही दिन अगाडि वाम गठबन्धनमा आएका डाक्टर साहेब १५ सिटदेखि ११ सिट नपाउँदा गठबन्धन तोडेर काँग्रेससँग २ सिट पाउँदा पनि किन तयार भए ? आखिरी यहीँ चरित्र भोलि केपी ओलीले नगर्लान् भन्न सकिदैन् । किनभने डाक्टर साहेब केपी ओली मार्फत वाम गठबन्धनमा सामेल हुन आएका थिए । प्रचण्डले एउटै कम्युनिस्ट केन्द्र बनाउनको लागि शान्ति प्रक्रियामा आए पश्चात् धेरै पटक प्रयास गरे, तर ए वा उ बहानामा एमाले भाडे ? चाहे त्यो पहिलो संविधानसभा निर्वाचन ताका होस् वा नाकाबन्दीको बेला केपी ओलीलाई प्रधानमन्त्री बनाउने बेला ? अझ पनि एमालेले पुर्ण संविधानलाई स्वीकार गरेका छैनन् । चाहे त्यो गणतन्त्रलाई स्वीकार्ने तर्फ होस् वा संघियताबारे । नेपालको ९, १० महिने सरकारले सबै जनता बाक्क मानेकाछन् । कम्तीमा ५ बर्षे स्थायी सरकार खोजेको छ यो देशले । यो ६० बर्ष यो देशका नेताहरुले सिहंदरबारमा फोटो टाँस्ने भन्दा अरु केही काम गरेनन् । ६५ प्रतिशत कम्युनिस्टहरुले यो देशमा समृद्धिको लागि आवश्यक छ यसमा कुनै गुन्जायस छैन् । कम्युनिस्ट पार्टीको स्थापना कालदेखि यता हेरौं भने कम्युनिस्टहरु जुट भन्दा पनि धेरै फुटमा केन्द्रीत भए । अझ पनि एउटा प्रश्न मनमा खेलेको छ एमाले माओवादीलाई मान्दैनन् । के भोलि यहीँ बिषयलाई अतिरञ्जित नबनाउला भन्न सकिन्न । [caption id=\"attachment_60461\" align=\"alignleft\" width=\"192\"]\"\" सुन्दर डल्लाकोटी (बिबस)[/caption] पार्टीभित्र मौलाएको नातावाद, क्षेत्रियतावाद, भेगियवाद अनेकौं प्रवृत्ति देख्दा अनि प्रचण्डको सम्बोधनले भनेको एक हरफ सार्है मुनासिफ लाग्यो । मैले समाजवादमा जानको लागि एउटै कम्युनिस्ट केन्द्र बनाउन समुन्द्रमा होमिदिए, जो पौडी खेल्न सक्छ उ तर्छ, तर्न नसक्ने डुब्छ वा डिलमा बसेर हेर्छन् । यो भनाइले के प्रष्ट पार्छ भने अब क्षमताको मुल्यांकन हुन्छ । टिका प्रवृत्ति, नातावाद, क्षेत्रियतावादको अन्त्य हुने देखिन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा अनुसार जान्छ कम्युनिस्ट एकता पश्चात् । प्रचण्डको चितवनमा आगमनसँगै चितवन पार्टीमा होस् वा वाम गठबन्धनले एउटा नयाँ गति लिएको छ । माओवादीबाट फुटेर गएका विप्लव समुह होस् वा नयाँ शक्ति होस् वा राप्रपाका प्रभावशाली नेता बद्री तिमल्सिनाका पुरै जिल्ला कमिटी सबै माओवादी केन्द्रमा समाहित भएका छन् । प्रचण्डले केहीदिन अगाडि भने बमोजिम म चितवन र चितवन पार्टी बनाउन आएको हुँ । यदि म यहाँ असफल भए पुरै देशमा असफल हुन्छ त्यसैले चितवनबाट उम्मेदवारी दिएको हुँ भनेका छन् । हामी युवाहरु पनि विश्वस्त छौ कि चितवनमा भएको एकात्मक प्रवृत्ति, चापुलुसि गनेको पदोउन्र्ती, पुर्वी र पश्चिमी छुट्टाउने उपनेविशकतावादी सोच भएकाहरुको निराकरण गर्नेछन् भन्नेमा पुर्ण विश्वस्त छौं ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending