Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

जग प्रशाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं. ३ ‘१’ का साझा उम्मेदवार

\"\"दाङ । तीन दशक देखी राजनीतिक यात्रामा रहेका जगप्रशाद शर्मा ‘अपार’ अहिले दाङ क्षेत्र नं. ३ को ‘क’ बाट प्रदेशको उम्मेदवार बनेका छन् । राजनीतिमा स्वच्छ छबि बनाएका तुलसीपुर उपमहानगरपालिका १२ क्याम्पस रोड निबासी अपार बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । सादा जीवन, उच्च बिचार, सरल, कुसल संगठक ,राजनीतिक नेतृत्वका बिश्वास पात्र रहेका अपार बिगत तीन दशक देखी पार्टीको राजनीतिमा क्रियाशिल हुँदै आएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपार बिद्यार्थी कालदेखी नै भुमिगत हुनु पर्ने बाध्यता रह्यो । जसले गर्दा उनी उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित भए । २०४३ देखी बिद्यार्थी राजनीति शुरु गरेका अपार सानै उमेरमा भुमिगत भए । २०४६ सालमा उनले जनआनदोलनमा सक्रिय सहभागी भए । २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका उनले २०४९ देखी ०५१ सम्म ग्रामिण बर्ग संघर्षको नेतृत्व गरे । २०५२ साल फागुण १ गते देखी शुरु भएको जनयुद्धको पहलकर्ताका रुपमा उनी थिए । २०५३ सालमा पार्टीको रुकुम जिल्ला कमिटि सदस्य भएका उनी सोही बर्ष देशकै पहिलो एम्बुसको नेतृत्व गरे । युद्धकै क्रममा २०५५ सालमा उनी घाईते भए । उनलाई आँखामा छर्रा गोली लाग्यो । आँखाको उपचारकै क्रममा थिए, तर उनले हिम्मत हारेनन्, उनी घाईते हुँदा पनि नियमित लडि रहे । सोही बर्ष उनले पार्टीको क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाले । उनी २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए । उनी पार्टी भित्रै निकै त्याग, तपस्या गरेका नेताको रुपमा चिनिन्छन् । आन्दोलनकै क्रममा उनले देशका बिभिन्न क्षेत्रको नेतृत्व गर्दै आए । पार्टीकै नेतृत्वका लागि उनलाई कहिले पुर्ब त , कहिले पश्चिम खटाईयो । उनले ईमन्दारीपुर्बक जिम्मेवारी सम्हाले । राजतन्त्रको अन्त्य गर्न, संघीय गणतन्त्रको स्थापन गर्न र देशको सम्बद्धिका लागि थालिएको १० बर्षे जनयुद्धको बिभिन्न तह र तप्काको नेतृत्वका लागि देशका बिभन्न क्षेत्रमा नेतृत्वका लागि खटाईयो । २०६७ देखी उनले दाङलगायत पश्चिम नेपालको पार्टीको नेतृत्व तहको जिम्मेवारी निर्बाह गर्दै आएका छन् । उनी २०४६ देखी ०५५ सम्म रुकुममा, २०५६ देखी ५८ सम्म प्रबासमा, २०५९ देखी ६६ सम्म पुर्बी नेपालमा नेतृत्वका लागि खटाईएको थियो । पार्टीको बिभिन्न आन्दोलनको नृेतृत्व गर्दै आएका उनले निकै दुःख, कष्ठ पनि झेल्नु प¥यो । उनी २०५१ सालमा डोल्पा हिरासतमा ८ दिन र २०५५ सालमा लखनउमा तीन दिन जेलमा बस्नु प¥यो । पार्टीको हरेक तह र तप्कामा संघर्ष गर्दै आएका उनी अहिले समाजबाद आधार तयार गर्न चुनाबी लडाईमा छन् । उनले समाजबादको आधार तयार पार्ने, ७० बर्ष देखीको अस्थाई सरकारलाई अन्त्य गरी स्थायी सरकार निर्माण गर्ने, संघीयता कार्यान्वयन गर्ने तथा दाङलाई प्रादेशीक राजधानी बनाउने मुख्य एजेण्डा अघि सारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE